११ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतमा चम्कदै गायिका ममता

नेपालब्रिटेन डट कम्
२७ असार २०७४, मंगलवार ०९:३३

लन्डन । लन्डनवासी नवगायिका ममता गुरुङले पहिलो एल्बम 
‘ममता’ श्रोतासमक्ष ल्याएकी छन् । गत अप्रिल २६ मा नेपालमा विमोचित उक्त एल्बम केही दिन अघि बेलायतमा समेत विमोचन गरियो ।

५ वटा गीत समावेश गरिएको उक्त एल्बममा ममता गुरुङ, शशीथापा सुब्बा, कालिप्रसाद बास्कोटा र केबी गुरुङको रचना अनि बास्कोटा, सुरेश मानन्धर, दावा गुरुङ, ताराप्रकाश लिम्बु र इन्द्र आरपीको संगीत छ ।

एल्बमसंगै म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । ममता र ताराप्रकाश लिम्बुले गाएको ‘बांधन बांधन मायाले मलाई…’ बोलको गीतमा म्यूजिक भिडियो बनाइएको हो जसको निर्देशन अर्जुन अधिकारीले गरेका छन् । भिडियोमा ममता र पुष्प खड्काको अभिनय छ ।

छोटो समयमै म्यूजिक भिडियो दर्शकहरुको रोजाइमा परेपछि ममता दंग छन् । ‘प्रवासमा रहेर संगीतकर्म कम्ती चुनौतिपूर्ण 
छैन्’, ममता भन्छिन्, ‘तर, संगीतप्रतिको मेरो लगावले पढाइ सकेपछि यतातिर लागें ।’

बिगत ७ वर्षदेखि बेलायत बस्दै आएकी चितवन माडी निवासी ममताले अब आफ्नो करिअर संगीतमै बनाउने सोच बनाएकी छन् ।