१४ बैशाख २०८१, शुक्रबार
Follow Us

छोराको आसमा १०औं बच्चा जन्माएकी हरिशोभाको मृत्यु

नेपालब्रिटेन डट कम्
२७ असार २०७४, मंगलवार १२:४६

कालिकोट । कालिकोटमा अत्याधिक रक्तश्राव भएपछि हेलिकोप्टरमा उपचारार्थ नेपालगञ्ज पुर्‍याइएकी तिलागुफा नगरपालिका एघार चिल्खायाकी हरिशोभा सुनारको मृत्यु भएको छ ।
सदरमुकाम मान्मबाट चालिस किमि टाढा पर्ने चिल्खायामा सुत्केरी ब्यथाले च्यापेपछि एक घण्टा स्टेचरमा बोकेर कर्णाली राजमार्गबाट एम्बुलेन्समा जिल्ला अस्पताल मान्म पुर्‍याइएकी ३५ वर्षीया सिनारको सोमबार मृत्यु भएको हो ।
सुनारलाई मान्ममा ५ पिन्ट रगत दिए पनि रक्तश्राव नरोकिएपछि हेलिकोप्टरमा नेपालगञ्ज पठाइएको थियो । उनले जिल्ला अस्पतालमा छोरी जन्माएकी थिइन् । छोराको आसमा ९ बच्चा जन्माइसकेकी सुनारका ५ छोरी जीवित छन् भने ४ बच्चाको मृत्यु भइसकेको छ ।
हरिशोभाको स्वास्थ्य कमजोर भएकाले मृत्यु भएको हो । कालिकोटको चिल्खायामा प्रसूति हुने क्रममा अत्याधिक रक्त श्राव भएर आइतवार बिहान जिल्ला अस्पताल मान्म पुर्‍याइएकी सुनारको रक्त श्राव नरोकिएपछि आइतवार बेलुकी हेलिकोप्टरमा नेपालगञ्जस्थित भेरी अंचल अस्पताल पुर्‍याइए पनि उनलाई बचाउन नसकिएको हो । दुई महिनाअघि कालिकोटको धौलागोहका दुई महिलाले पनि बच्चा जन्माउन नसक्दा ज्यान गुमाएका थिए ।