१३ बैशाख २०८१, बिहीबार
Follow Us

बम टिप्ने प्रहरीलाई वेलायतबाट ५१ हजार सहयोग

नेपालब्रिटेन डट कम्
२७ असार २०७४, मंगलवार १५:१३

लण्डन । दोस्रो चरणको स्थानिय निर्वाचनका क्रममा मतदान केन्द्र प्रहार गरिएको बम (ग्रिनेट) टिपेर बाहिर फ्याँकी जनधनको सुरक्षा गर्ने प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई वेलायतवासी नेपाली समूदायले सहयोग गर्ने भएका छन् ।
वेलायतस्थित पूर्व प्रहरी परिवार मञ्च यूकेले रानाको बहादुरीको कदर गर्दै सहगोगस्वरुप ५१ हजार रुपैयाँ जम्मा गरेको मञ्चका अध्यक्ष बाचसपति रेग्मीले जनाए ।
मंगलवार गृहमन्त्री जनार्दन शर्माले १५ सय रुपैयाँ मात्र पुरस्कार दिएको भन्दै सामाजिक संजालहरुमा आलोचना भए पछि मञ्चले सो रकम दिने घोषणा गरेको हो । रेग्मीका अनुसार आगामी एक साता भित्र प्रहरी प्रदान कार्यालय मार्फत उक्त रकम रानालाई हस्तान्तरण गरिने छ ।
दाङको तुल्सीपुर उपमहानगरपालिकाको वडानम्बर ३ को अम्बाक मतदान केन्द्रमा खटिएका रानाले मतदान केन्द्रको माथि प्रहार गरिएको बमलाई हातले टिपेर मिल्काएका थिए । उनले फालेको केही सेकेण्डमा उक्त बम पट्किएको थियो । मतदान गर्न आएका जनतालाई ज्यानको मायामारी सहासिक काम गरेको भन्दै उनी सामाजिक सञ्जालमा चर्चामा छन् ।