१३ बैशाख २०८१, बिहीबार
Follow Us

खाडी समस्याबारे छलफल गर्न टिलरसन अरबमा

नेपालब्रिटेन डट कम्
२८ असार २०७४, बुधबार ०६:४६

काएरो । अरब क्षेत्रका केही मुलुकले कतारसँग गरेको कुटनैतिक सम्वन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे अरवको बन्दगाह शहर जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पनि मङ्गलबार अरब आइपुग्नुभएको छ ।
यसअघि अमेरिकी विदेशमन्त्री टिलरसन संयुक्त राज्य अमेरिकाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सँग आवद्ध प्रमुख सहगोगी टर्कीसँग यसअघि गुमेको विश्वासलाई पुनःस्थापना गर्न भनी दुई दिन टर्की पुग्नुभएको थियो । टर्कीमा उहाँले राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग इस्तानवुलमा घण्टौँ लामो कुराकानी गर्नुका साथै उच्चपदस्थ अधिकारीसँग भेट गर्नुभएको थियो ।
साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टका विदेशमन्त्री भेला हुने उक्त स्थानमा अमेरिकी विदेशमन्त्री टिलरसनले कतारसँगको विवाद टुङ्ग्याउन विशेष पहल गर्ने, साउदी अरबबाट जारी एक विज्ञप्तिमा जनाइएको छ ।
खाडी क्षेत्रका केही मुलकले साउदी अरब, युनाइटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनद्वारा कतारले आतङ्कवादलाई सघाएको आरोप लगाउँदै गत महिनादेखि कतारसँगको कूटनीतिक सम्बन्ध तथा हवाई, जमिन तथा जलमार्ग कतारसँग विच्छेद गरेको घोषणा गरेका थिए ।
कतारले उनीहरूले भनेझैँ आफ्नो मुलुकले कुनै आतङ्कबादी समूहलाई नसघाएको र उक्त समूहले कतारमाथि राखेका शर्त सार्वभौम मुलुकमाथि गरिएको अपमानजनक कार्य भएको आरोप लगाउँदै आएको छ ।
यसैबीच कतारले सोमबार चार खाडी मुलुकले कतारलाई एक्लाउँदा भएको नोक्सानको कतारले एउटा अध्ययन समिति बनाइ क्षतिपूर्ति माग गर्ने भएको थियो ।