१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कुँवरको अन्तिम संस्कार आज

नेपालब्रिटेन डट कम्
२८ असार २०७४, बुधबार ०६:५८

फलेवास । पोखराको हर्पन खोलामा डुबेर बेपत्ता भएकालाई खोजी गर्न जाँदा आफैँ डुबेर ज्यान गुमाएका सशस्त्र प्रहरी जवान बलबहादुर कुँवरको आज अन्तिम संस्कार गरिने भएको छ ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ साबिकको ठुलीपोखरी–७ का कुँवरको आज मोदीवेणी घाटमा अन्तिम संस्कार गरिने भएको हो । उनको मङ्गलबार नै शवपरीक्षणसहित जिल्ला अस्पताल पर्वतको शवगृहमा राखिएको छ । आज प्रहरीले अन्तिम सलामी अर्पण गर्ने कार्यक्रम रहेको र गाउँबाट आफन्तजन आइसकेपछि सलामी अर्पण गरेर अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक मधुकरजङ्ग विष्टले जानकारी दिनुभयो । २५ वर्षीय कुँवरको मृत्युले उनको परिवारका साथै सिङ्गो ठुलीपोखरी गाउँ शोकमग्न बनेको छ ।