१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पिटरबरो समाजको अध्यक्षमा शर्मा (फोटो फिचरसहित)

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७३, सोमबार ०३:२८

लन्डन । पिटरबरो नेपाली समाजले युवा रेष्टुरेन्ट व्यावसायी प्रद्युम्न पवन शर्मालाई समाजको नयाँ अध्यक्षमा चयन गरेको छ। आइतबार ३१ जुलाईका दिन सम्पन्न साधारण सभाले शर्मालाई सर्वसम्मतले अध्यक्ष चुनेको हो।
त्यसैगरी समाजको नव कार्यसमितीमा सुमेर ज्ञवाली र शिव भण्डारी उपाध्यक्षमा,नृपेश उप्रेती महासचिवमा, बिष्णु थापा तथा संगिता कोइराला कोषाध्यक्षमा र रवि आचार्य सचिआ सर्वसम्मतले चुनिनु भएको छ। सदस्यहरुमा पनि सर्वसम्मले डा. राजु सापकोटा, आशिष शर्मा, ध्रुब धिताल, दिपक डाँगी, रबिन्द्र बिक्रम कुँवर, हरिहर भट्टराई, सुराजन कार्की, मनिष आचार्य, बिबेक कोइराला र आर्जु श्रेष्ठलाई चयन गरेको छ।
1
पिटरबरो नेपाली समाजले समाजको समर बार्बक्यु, साधारण सभा र नयाँ कार्यसमितीको चयन पिटरबरोको नेनेपार्कमा गरेको हो। पहिलो चरणमा समाजका बहुसंख्यक सदस्यहरुको उपस्तिथिमा साधरण सभा सम्पन्न भएको थियो। संस्थाका निवर्तमान अध्यक्ष केशब भण्डारीको अध्यक्षता गर्नु भएको पहिलो चरणको कार्यक्रममा निवर्तमान कोषाध्यक्ष सिएम खरेलले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन र निवर्तमान महासचिव तथा नव निर्वाचित अध्यक्ष पवन शर्माले प्रस्तुत गर्नु भएको बार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो। कार्यक्रममा निवर्तमान उपाध्यक्ष द्वय रामबाबू कोइराला भरत पाण्डे लगायत संस्थाका सल्लाहकारहरु बिके पाण्डे, गोबिन्द बेलबासे, किरण कार्की, महेश अधिकारी, मिना पौडेललेआआफ्नो बिचार राख्दै पिटरबरो नेपाली समाज नेपाललाई सहयोग गर्ने मामलामा सधैं अगाडी रहेको बताउदै आगामी दिनमा पनि संस्था अझ प्रभावकारी रुपमा अगाडी बढ्ने कुरामा आफूहरु बिस्वस्त रहको बताउनु भएको थियो। त्यसैगरि अतिथी साझा नेपाली समाजका अध्यक्ष रण केशीले परोपकार र सहयोग गर्ने मामलामा पिटरबरो नेपाली समाज कहिलै पछाडी नरहेको बताउँदै आगामी दिनमा पनि एउटा मजुबत नेपाली संस्थाको रुपमा स्थापित हुँदै जाना आशा पनि व्यक्त गर्नु भयो।
निवर्तमान अध्यक्ष एबम सभा अध्यक्ष केशब भण्डारीले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनुको साथै कार्यसमितिमा नहरे पनि आफ्नो संलग्नतामा कुनै कमि नआउने बताउनु भएको थियो।
नवनिर्वाचित अध्यक्ष पवन शर्माको नेतृत्वमा संस्थाको भबिस्य अझ उज्वल रहेको बताउनु भयो। त्यसैगरि नवनिर्वाचित अध्यक्ष शर्माले आगामी दिनमा निवर्तमान समितीले संस्थालाई च्यारिटीमा दर्ता गर्न सुरु गरेको प्रक्रियालाई पूरा गरेर समाजलाई आर्थिक रुपमा सबल बनाउने र पिटरबरो नेपाली समाजको आफ्नै घर खडा गर्न पनि पहल सुरु गर्ने बताउनु भएको थियो ।
साधारण सभा पछि बार्बक्यु भएको थियो। जसमा पिटरबरो र स्पोल्डिङ्ग वरपर बस्ने नेपालीहरु ठुलै संख्यामा उपस्तिथि रहेको थियो। पिटरबरोमा अहिले सम्म १०८ धुरी र ३०० भन्दा बढी नेपालीहरु रहेको छन ।

2