८ बैशाख २०८१, शनिबार
Follow Us

मुग्लिन सडकको चारकिलोमा सुक्खा पहिरो, यातायात अवरुद्ध

नेपालब्रिटेन डट कम्
२८ असार २०७४, बुधबार १५:१५

रत्ननगर । चितवनको नारायणगढ मुग्लिन सडकको चारकिलो भन्ने स्थानमा सुक्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिकाको वडा नं ६ स्थित कालिखोला नजिकै रहेको चारकिलोमा आज अपराह्न ३ बजेर २५ मिनेटको समयमा पहिरो खस्दा सवारी आवागमन रोकिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरो खस्नेक्रम चलिरहेकाले पन्छाउन समस्या परेको छ । पहिरोका कारण अहिले नारायणगढबाट जाने तथा मुग्लिनतर्फबाट आउने सवारी बीचमै रोकिएका छन् । पहिरो पन्छाउन त्यसतर्फ डोजर पठाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।
यही असार २५ गतेदेखि यहाँ रातिमा सवारी बन्द गरेर दिउँसो गाडी चलाउने गरिएको छ । मुग्लिन सडक विस्तारका क्रममा रहेकाले विभिन्न क्षेत्रको भित्तो काटिएका स्थानबाट सुक्खा पहिरो खस्नेक्रम जारी छ । जोखिम बढेपछि यहाँका विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।