१५ चैत्र २०८०, बिहीबार
Follow Us

कहाँ भयो त कमिकम्जोरी ?

नेपालब्रिटेन डट कम्
२९ असार २०७४, बिहीबार ०७:२२

माधव गैरे

नेपालको सम्विधान २०७२ कार्यान्वयन गर्नका लागि आवश्यक स्थानीय तह निर्वाचन २०७४ को पहिलो तथा दोस्रो चरणको मत परिणाम सार्वजनिक भएको छ । देशको आर्थिक उन्नति नचाहि अफ्ना नाता घर परिवार लाई राजनीतिमा ल्याउने र राज्यको ढुकुटी सखाप पार्ने नियतले भरतपुर महानगरपालिका अझ अन्वल भए ता पनि दोस्रो तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ। जम्मा ७४४ निर्वाचन स्थान मध्य पहिलो चरणमा २८३ तथा दोस्रो चरणमा ३३४ स्थान निर्वाचन समाप्त भए लगत्तै अहिले सबैराजनीतिक दलले आफूलाई जनताले दिएको स्थान तुलना गरिरहेका छन। निर्वाचनहरू सरसर हेर्दा जेठो पार्टी नेकपाएमाले बन्न सफल भए पनि अझ जनताले उसलाई दिनुपर्ने पूरा मत दिनसकेको अनुभव राजनीति तहका नेताहरू गरेका छन।
पहिलो चरणमा १२६ तथा दोस्रो चरणमा १५१ स्थान विजय हासिल गरेको यस पार्टीको जनअपेक्षा अनुकुल कहि न कहि केही न केही कमिकम्जोरी भएको महसुस समग्रमा रहेको छ ।

कहाँ भयो त कमिकम्जोरी ?
एमाले यस निर्वाचन परिणाम सन्तोष लिन नसकेको यथार्थमा सहि हो, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा यसको बहस चलेको छ र चल्नु पनि यथार्थमा सहि हो । एमाले अध्यक्ष खडगप्रसाद ओली सम्बिधान घोषण भए लगत्तै देशको प्रधानमन्त्री निर्वाचित हुनुभएको उस समयमा भारतले नाका बन्द तथा हरेक क्षेत्रमा संकटले ग्रसित भएको देशलाई नहडबडाई संघर्ष गर्नुभयो । देश र जनताको शिर नझुकाउने अभिप्रायले भारतीयले अनेकौं परपंच गरि भारत बोलाएर झुकाउन पहल गर्दा उहाले नमानेको र नेपाली जनताको शिर झुक्नु हुन्न भनी अाखिरमा भारतलाई घुडा टेकाउन सफल हुनुभयो ।देशमा अनेकौं श्रोत खोजी गरि नेपाल नेपालीले बनाउन सक्दछन भन्ने जगजाहेर गर्न सफल रहनु।
नेपालको विकाश देख्न नचाहने नेपाल हाम्रो प्रान्तीय राज्य हो भन्ने भारतीय सोच चिन संग पारवहन सन्धि मार्फत गलत साबित गरि देखाउनु । हरेक निजी क्षेत्र तथा सरकारी उद्योग कलकारखाना बन्द खुलाउदै समुन्नत नेपालको जग राख्ने प्रधानमन्त्री उहाँको नौ महिने कार्यकाल २०५२ मा मनमोहन अधिकारीको जस्तै सुमर रह्यो ।
जनमुखी वजेट मार्फत देशको आर्थिक स्तरमा बृध्दी गर्दै जनमुखी योजना तथा फास्ट ट्याक हामी अफै वनाउन सक्छौ भनी रकम विनियोजन गर्दै विकासका धारा प्रवाह गर्ने
यसका आधारमा यस निर्वाचनमा एमाले पहिलो शक्ति मात्र होइन ६०% मत प्राप्त गर्दछ भन्ने राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा अडकल काटिएको तर सोचाइ अनुकूल मत प्राप्त नहुनुमा एमालेले अझ कहि तुर्टि छ कि खोजी गर्न पर्ने हामीलाई लागेको छ।
किन कमी अयो त निर्वाचन परिणाम
१: पार्टीको टिकट वितरण प्रविधि थोरै हेलचेक्रयाई भएको देखिन्छ ।
२: स्थानीय तहमा स्थानीयले राम्रो र पुरानो मान्छेलाई स्थान दिएको
३: हामी हाम्रो हरेक स्थानीय नेता गणको मनोबल उच्च राख्न नसकेको
४: स्थानीय नेतालाई त्यहाका जनताले कसलाई विस्वास गर्दछन त्यसको अध्यायन नगरि हचुवाका भरमा प्रतिनिधि चयन गरेको
५ : दिनभर एमालेलाई जिताउन हिड्ने र राति हराउने तत्वको हाबी
६ : समग्रमा अन्तरीक चलखेल भेटिएको छ।
विगतमा एमालेले ३ पटक सम्म विजय हासिल गरेको स्थानमा तत तत स्थानमा केन्द्रीय तहबाट हुनुपर्ने विकास योजनाका काममा ध्यानाकर्षण नहुनु र जनतामा एमाले प्रति होइन त्यहीँबाट जितेर काम नगर्ने नेता प्रतिको रिषले अनेकौं स्थान हारेको साथै अनेकौं प्यानल बनाउने कार्यले समेत मार खाएको अनुभव गरिएको छ।
अब जनता के चाहन्छन् तथा पार्टीको नेतृत्वको भुमिका के हुनुपर्ने
१ अब हाम्रा विजयी तथा हार बेहोर्ने सम्पूर्ण कार्यकर्ता जनमुखी काम तथा विगतमा भएका कमिकम्जोरी खोजी समाधान गर्नुपर्दछ।
२: स्थानीय तहमा अाएका रकमहरूको सहि सदुपयोग गरि जनताको घरअागनमा जनमुखी कार्यक्रम साथै विकाशमा जनभावनाको कदर र प्रतक्ष सहभागी हुनुपर्छ ।
३: जिल्ला तथा प्रान्तीय सरकारलाई घचेटनु र स्थानीयतहको विकाशमा जनताको प्रतक्ष सहभागिता साथै पारदर्शिता अपनाउनु पर्दछ।
४: केन्द्रीय निति अबलम्वन गर्दै समग्रमा देश विकासका काम तथा हरेक वर्ष वर्षायाममा मात्रै गरिने विकासे खर्च हिउँदमा नै गरि विकाश वजेट सहिसदुप्रयोग गर्नुपर्नेछ ।
५: प्रान्तीय संसद, तथा केन्द्रीय संसद हरेक २-३ महिनामा जनतघरदैलोमा भेट्ने तथा प्रत्यक्ष घरदैलो गरि उनका समस्याको समाधानमा सहभागी वन्नु पर्दछ।
पाल्पा, हाल युएईबाट