८ बैशाख २०८१, शनिबार
Follow Us

वेलायत कांग्रेसको अधिवेसन सफल पार्न नेता ढकालको आग्रह

नेपालब्रिटेन डट कम्
२९ असार २०७४, बिहीबार ११:५८

लन्डन । बेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको एकता अधिवेशनको मिति घोषणा भए पछि सवत्र स्वागत गरिएको छ । लामो समय देखी विवादमा अल्झेर बसेको समितिको १७ सेप्टेम्बर आइतबारका दिन अधिवेसन हुने भए पछि वेलायतस्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता उत्साहित भएका छ ।

जनसम्पर्क समिति वेलायतका सल्लाहाकार चिरन्जीबी ढकालले गतहप्ता सम्पन्न भेलाले अधिवेसन गर्ने निर्णय गरेकोमा खुशी व्यक्त गरेका छन् । उनले विहीवार नेपालब्रिटेन डट कमसंग कुरा गर्दै अब हुने अधिवेसनले वेलायतस्थित सबै नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई समेटेर लैजाने दावी गरे ।

आगामी अधिवेसमा सभापति पदको आकांक्षी समेत रहेका ढकालले सम्पूर्ण लोकतन्त्रवादीहरुलाई अधिवेसको सफलताको लागि सहयोग गर्न आग्रह गरे । उनले संगठनलाई लामो समय सम्म विवादको बन्दी बनाएर राख्न नहुने तर्क गर्दै आगामी नेतृत्व सबै पक्षलाई समेटेर लैजान सक्नेले व्यक्तिले पाउनु पर्ने बताए । ढकालले नै जनसम्पर्क समितिका गुठ तथा उपगुठलाई एकै स्थानमा जम्मा गराएर एकता अधिवेसनको मार्गचित्र कोरेका थिए ।

यसअघि आइतबार अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा सम्पन्न बैठकले नेपाली कांग्रेस केन्द्रसंग परामर्श गरि १७ सेप्टेम्बर आइतबारका दिन अधिवेशन गर्ने निर्णय गरेको थियो ।

नेपाली जनसम्पर्क समितिको सभापतिमा लोक गुरुङ्ग सन् २००९ मा निर्वाचित भएका थिए ।

सभापति गुरुङले पटकपटक अधिवेसन गर्ने प्रयास गरे पनि अझ सम्म सफल हुन सकेको छैन् ।
सेप्टेम्वरमा हुने भनिएको अधिवेसन हुने नहुने शंकाकै घेरामा रहेको वताइन्छ । भेलाले सो अधिवेसन गर्न नसकेमा गुरुङको अध्यक्षतामा रहेको समिति स्वतः विघटन हुने निर्णय गरेको छ ।