४ बैशाख २०८१, मंगलवार
Follow Us

बालअधिकार कुण्ठित नहुने गरी काम गर्न आग्रह

नेपालब्रिटेन डट कम्
२९ असार २०७४, बिहीबार १५:०१

चितवन । बाल गृहहरुमा स्वास्थ्य सेवाका साथै कर्मचारी व्यवस्थापनमा ध्यान पु-याउनु पर्ने सरोकारवालाहरुले आग्रह गरेका छन् । जिल्ला बालकल्याण समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्ने सरोकारबालाहरुले बालअधिकार कुण्ठित नहुनेगरी काम गर्नु आवश्यक रहेको बताएका थिए । बालअधिकार कुण्ठित पार्नेलाई कानुन बमोजिम कारवाही गर्न प्रशासनपछि नहट्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । बालकल्याण जिल्ला समिति कानुन बनाउने निकाय नभई राज्यको कानुन कार्वान्यन गर्ने सहयोग गर्ने समिति भएको बताउदै बाल कल्याण समिति चितवनका अध्यक्षसमेत रहेका भट्टले कानुन अनुसार अघि बढ्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै महिला बालबालिका कार्यालय चितवनकि प्रमुख शान्ताकुमारी पौडेलले धर्म प्रचारका लागि बालबालिकाको प्रयोग गर्न नहुने बताइन् । अनुगमनका क्रममा यस्तो भेटिएमा बालगृह खारेजीको लागि सिफारिस गर्ने समेत उनले बताइन । केन्द्रीय बालकल्याण समितिकि स्रोत व्याक्ति मिठू आचार्यले जिल्लास्थित बालगृहको अवस्था, बालबालिकाको अवस्था, बालगृह मापदण्ड २०६९ कार्यान्वयन भए नभएको बिषयमा जानकारी गराएका थिइन् । जिल्लामा हाल ३० वटा बालगृह सञ्चालनमा छन् ।