८ बैशाख २०८१, शनिबार
Follow Us

लण्डनका आगलागी पीडित आक्रोसित

नेपालब्रिटेन डट कम्
३० असार २०७४, शुक्रबार ०५:३८

लण्डन । लण्डन टावर ब्लकमा भएको आगलागीबाट पीडित सयौं जनाले बुधबार राति लण्डनमा आक्रोशसहित प्रदर्शन गरेका छन् । अगालागीका बारेमा अहिले भईरहेको अनुसन्धानप्रति असन्तुष्टी जनाउदै उनीहरुले प्रदर्शन गरेको सञ्चार माध्यमहरुले जनाएका छन् ।
आगलागी भएको चार हप्ता पछाडी उनीहरुले शोक र आक्रोश व्यक्त गरेका हुन् । उनीहरुले पश्चिमी लण्डनको ग्रेनफेल टावरबाट शोक झल्काउनेगरी मैनबत्ति, मृतकको तस्वीर, फुल र उनीहरुको संझनामा हस्तलिखित प्लेकार्डहरु समेत प्रदर्शन गरेका थिए ।
“मलाई थाहा छ, हामीले जस्लाई गुमाएका छौं, जस्ले कसैलाई गुमाएका छन्, र उनीहरुको पछाडी जो शोकमा छन् यो सहन वास्तबमै धेरै गाह्रो छ,” स्थानीय सांसद इम्मा डेन्ट कोडले भन्नुभयो ।
आगलागीमा परी कम्तीमा ८० जनाको मृत्यु भएको थियो । घटनामा कैयौं घाइते भएका थिए र उनीहरूको उपचारका क्रममो मृत्यु हुनेहरुको सङ्ख्या अहिले पनि बढिरहेको छ । कैयौं हराइरहेका छन्, उनीहरु भेटिने सम्भावना कम रहेको बताइएको छ ।
“चार हप्ता अगाडी ग्रेनफेल टावरभित्र अकल्पनीय दुखान्त घटना भयो, दुर्घटनामा परी केही व्यक्तिहरुलाई हामीले गुमायौं, अहिले पनि हामी आफूलाई सम्हाल्ने प्रयास गरिरहेका छौं,” स्थानीय प्रहरी प्रमुख स्टुअर्ट कन्डीले भन्नुभयो ।