८ बैशाख २०८१, शनिबार
Follow Us

गच्छदार सरकारमा नगइ नछाड्ने

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७३, सोमबार ०३:३८

काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारमा सहभागी हुने प्रस्ट पारेका छन् । फोरम लोकतान्त्रिकको सातौं स्थापना दिवसका अवसमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो जानकारी दिएका हुन् । ‘हामी दिल खुस बनाएर नयाँ सरकामा जान्छौं’ गच्छदारले भने । आफूहरुलाई सरकारमा जानबाट मधेसी मोर्चाका केही नेताले रोक्ने प्रयास गरिरहेको भन्दै उनले त्यस्तो दुष्प्रयास नगर्न चेतावनी दिए । ‘तपाइहरुले रोक्न सक्नुहुन्छ भने रोक्नुहोस्, तर हामी सरकारमा जान्छौ-जान्छौं ।’
– राजधानीबाट