१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरिया एकता समाजद्वारा रु १२ लाख सहयोग

नेपालब्रिटेन डट कम्
३० असार २०७४, शुक्रबार १०:११

विराटनगर । दक्षिण कोरियास्थित डेउ नेपाली एकता समाज (गजेदो)ले कोरियामा कार्यरत रहेका बेलामा मृत्यु भएका एक नेपालीलाई रु १२ लाख सहयोग प्रदान गरेको छ । दक्षिण कोरियाको डेउ कम्पनीमा कार्यरत विराटनगर – ३ बस्ने उमेशचन्द्र पौडेलको गत वैशाख २३ गते मृत्यु भएको थियो ।
समाजले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्व पौडेलकी छ वर्षीया छोरी युुनिशा पौडेलको पठनपाठनका लागि रु ११ लाख ६४ हजार ३४८ रकम प्रदान गरेको हो ।
उक्त रकम समाजका सचिव चन्द्र साङहाम्फेले विराटनगरस्थित नेपाल बँैक लिमिटेडमा रकम जम्मा गरी सोको भौचर पौडेलकी श्रीमती सुष्मा विष्ट पौडेललाई हस्तान्तरण गर्नुभएको हो । सचिव साङहाम्फेले आगामी दिन थप सहयोग उपलब्ध गराउने आश्वासन समेत दिनुभयो ।
स्व पौडेलकी श्रीमती पौडेलले समाजद्वारा प्राप्त सहयोगबाट छोरीको अध्ययनका लागि ठूलो राहात मिलेको बताउनुभयो ।
एकवर्ष अगाडि स्थापना भएको उक्त समाजले यसअघि धुर्मुस सुन्तली फाउन्डेसन र महावीर पुनको विज्ञान केन्द्रलाई पनि सहयोग प्रदान गरेको पत्रकार सम्मेलनमा बताइयो । डेउ कम्पनीमा करिब एक हजार नेपाली कार्यरत छन् ।