६ बैशाख २०८१, बिहीबार
Follow Us

इनासको शाखा अब हङ्कङ्मा पनि

नेपालब्रिटेन डट कम्
३१ असार २०७४, शनिबार ०५:१३

हङकङ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को ६७ औं शाखाको रुपमा इनास हङ्कङ् गठन भएको छ । पुराना तथा निकै चर्चित गायक नागेन्द्र श्रेष्ठको अध्यक्षतामा गठन भएको इनास हङ्कङ्लाई ग्लोबल समितिबाट अनुमोदन गरेपछि यस संस्थाको ६७ औं शाखाको रुपमा हङ्गकङ्ग समितिले आधिकारिकता पाएको हो।
हाललाई तदर्थ समितिको रुपमा मान्यता प्राप्त समितिमा ग्लोबल प्रतिनिधिको रुपमा रचना प्रधान छानिएकी छिन भने कृष्ण भक्त महर्जन र क्षितीज उपाध्याय उपाध्यक्ष, गायत्री जोशी थापा महासचिव र रिना कोषाध्यक्ष तथा महेश शिल्पकार, करुणा श्रेष्ठ, मौशम लिम्बू र विजय श्रेष्ठ कार्यकारी सदस्यको रुपमा रहेका छन्। त्यस्तै जितेन्द्र महर्जन (ज्याक) प्रमुख संरक्षक, बिनय शाह संरक्षक, हरि श्रेष्ठ र किशोर श्रेष्ठ सल्लाहाकारको रुपमा रहेका छन।
संसारभरिका अधिकांश नेपाली कलाकार, साहित्यकार तथा कला र साहित्यप्रेमीहरुको सबै भन्दा ठूलो संस्थाको रुपमा उदाएको यो संस्थाले युरोपमा हरेक वर्ष महादेश स्तरीय गायन र नृत्य प्रतियोगिता, नेपाली फिल्मको सम्मानको लागि इनास अवार्ड र सांस्कृतिक माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा सघाऊ पुर्याउने कामहरु गर्दै आएको छ भने नेपालमा विद्यालय भवन निर्माण, वालवालिकालाई पाठ्यसामाग्री वितरण र छात्रावृत्ति प्रदान जस्ता सामाजिक कामहरुमा समेत सहयोग गर्दै आएको छ।