१३ बैशाख २०८१, बिहीबार
Follow Us

भेलले बगाएर काठमाडौंमा एक बालिकाको मृत्यु

नेपालब्रिटेन डट कम्
३१ असार २०७४, शनिबार ०७:१२

काठमाडौं । बर्षे भेलले बगाउँदा शुक्रबार साँझ काठमाडौंमा एक बालिकाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकाको नेपालटारमा सडक पार गर्ने क्रममा भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु भएको हो ।
शुक्रवार दिउसो परेको भिषण बर्षापछि वाटोमा हिडिरहेकी फुँयाल चिप्लेर ढलमा परेपछि बगेर मृत्यु भएको हो । साँझ पाँच बजेतिर नेपालटार पुल नजिकैवाट भेलमा बगेकी बालिका गुम्वा पुल छेउ मृत अवस्थामा फेला परेको बालाजु प्रहरीले जानकारी दिएको छ ।
सडक विस्तार र खानेपानी आयोजना निर्माणका लागि भत्काइएको सडकका कारण बालिकाको अनाहकमा ज्यान भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।