१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचन : उपप्रधानमन्त्री महरा

नेपालब्रिटेन डट कम्
३१ असार २०७४, शनिबार ०७:१५

तुलसीपुर । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताउनुभएको छ ।
आज बिहान प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
संविधान संशोधन गर्नका लागि नेकपा(एमाले)ले पनि साथ दिनुपर्ने उहाँको भनाइ छ । उहाँले सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउनको लागि यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री महरा आज राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको भवन शिलान्यास कार्यक्रममा सहभागी हुन दाङमा आइपुग्नु भएको हो ।