१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आइसीसीको विधान कुल्चेर एनआरएन यूकेमा मनपरि पद सृजना गरियो

नेपालब्रिटेन डट कम्
३१ असार २०७४, शनिबार १३:२८

लण्डन । गैरआवासीय नेपाली संघ यूकेले आफ्नै मनोपलि गर्दै अनावश्यक रुपमा नयाँ पद सृजना गर्दै नियमावली पारित गरेको छ । गैरआवासीय नेपाली संघको केन्द्रिय विधानलाई समेत कुल्चेर ६ उपाध्यक्ष, १ महासचिव र १ उपमहासचिव लगायतका पद सृजना गरि उम्मेदवारी दर्ता गर्ने तयारी गरिएको हो ।
गैरआवासीय नेपाली संघको केन्द्रिय विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पद रहने व्यवस्था गरे पनि उपमहासचिवको व्यवस्था भने गरेको छैन् । गैरआवासीय नेपाली संघ यूकेको छौटौं अधिवेसनमा निर्वाचन समितिको लार्पवाहीका कारण निर्वाचन हुन नसके सहमतीको वाहनामा सृजित पदहरुलाई अहिलेको कार्यसमितिले अनुमोदन गरेको हो । गैरआवासीय नेपाली संघको विद्यानले पद संख्या खुल्ला राखे पनि नयाँ पद सृजना गर्न भने छुट दिएको छैन् ।
1
गत शनिवार सम्पन्न संघकको बैठकले पारित गरेको नियमावलीमा गैरआवासीय नेपाली संघ युकेको बिधान २००५ शंसोधन २०१५ को धारा १२ अनुसार आगामी ९ सेप्टेम्वर २०१७ शनिबारका दिन सम्पन्न हुन लागिरहेको राष्ट्रिय महाधिवेशनमा यसै बिधानको धारा १८ मा व्यावस्था गरिए बमोजिमका पदाधिकारी तथा सदस्यहरुको हुने उल्लेख छ ।

नियमावालीमा कुनै पनि धारा उपधाराहरु मुल बिधानसँग बाझिएमा उक्त बाझिएको धारा उपधारा स्वत खारेज भएको मानिनेछ व्यवस्था अनुरुप प्रस्तावित पदहरु केन्द्रिय विद्यान बमोजिम बाझिए पछि स्वत खारेजीमा पर्ने भएका छन ।

केन्द्रिय विद्यान अनुरुप हुनु पर्ने पद

अध्यक्ष
उपाध्यक्ष
महासचिव
सचिव
कोषाध्यक्ष
सहकोषाध्यक्ष
प्रवक्ता
महिला प्रतिनिधी
युवा प्रतिनिधी
निर्वाचित सदस्यहरु
मनोनित सदस्यहरु

आइसीसीको विद्यान विपरीत एनआरएन यूकेले सृजना गरेका पद
अध्यक्ष – १
उपाध्यक्ष -६
महा-सचिव – १
उपमहासिब १
सचिव- ३
कोषाध्यक्ष – १
सह कोषाध्यक्ष १
प्रवक्ता
महिला सयोज – १
युवा संयोजक – २
च्यारिटि बिभाग प्रमुख