१४ बैशाख २०८१, शुक्रबार
Follow Us

११ डिआइजीको बढुवा सिफारिस, नवराज सिलवाल परेनन् (सूचीसहित)

नेपालब्रिटेन डट कम्
३१ असार २०७४, शनिबार १५:००

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको छ । सिफारिस सूचीको पहिलो नम्बरमा डीआईजी बमबहादुर भण्डारी, दोस्रोमा जयबहादुर चन्द, तेस्रोमा देबेन्द्र सुवेदी, चौथोमा पशुपति उपाध्याय, पाँचौमा केशरीराज घिमिरे, छैठौंमा माधव जोशी, सातौंमा विजयलाल कायस्थ, आठौंमा कमलसिंह बम, नवौंमा मिङ्मार लामा, १०औँ नम्बरमा रणबहादुर चन्द र ११ औँ नम्बरमा विजयकुमार भट्ट रहेका छन् । डीआईजी नवराज सिलवालको मुद्दा अदालतमा विचाराधिन रहेको भन्दै कार्यालयले उनलाई बढुवा सूचीमा राखेको छैन ।