१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सर्वोन्द्र खनाललाई आईजी बनाउने गरी डिआईजीमा बढुवा (सूचिसहित)

नेपालब्रिटेन डट कम्
३१ असार २०७४, शनिबार १५:२५

काठमाडौं । ९ महिनापछि सर्वोन्द्र खनाललाई आईजीपी बनाउने गरी गृहमन्त्रालयले शनिबार डिआईजीमा बढुवा गरेको छ । चैत २९ गते वर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अवकास पाएपछि खनाल प्रहरी प्रमुख बन्ने छन् । मन्त्रालयले ११ जना डिआईजीलाई एआईजीमा बढुवा गरेलगत्तै १५ जना एसएसपीलाई डिआईजीमा बढुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको बढुवा सूचिमा ८४ दशमलब ४७३४ अंकसहित खनालको बढुवा १ नम्बरमा गरेको छ । दोस्रो नम्बरमा रमेशप्रसाद खरेल बढुवा भएका छन् । उनलाई ८३ दशमलब ८५१० अंक दिइएको छ । १५ जना बढुवा गरिएकोमा तेस्रो नम्बरमा पुष्कर कार्की रहेका छन् । उत्तमकुमार कार्की, भोगकबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धीरु बस्नेत, पुष्पचन्द्र रञ्जित, सुरेश विक्रम शाह रहेका छन् ।
11
2