१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधान न्यायधीशमा गोपाल पराजुली सर्वसम्मतले अनुमोदन

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७४, आईतवार ०७:०७

काठमाडौं । प्रधान न्यायाधीश गोपाल पराजुलीको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत रुपमा अनुमोन गरेको छ । संबैधानिक परिषदको सिफारिसमा आज भएको सुनुवाईमा पराजुलीको नाम सर्वसम्मत अनुमोदन भएको हो ।
संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेसँगै अब पराजुलीलाई राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ ग्रहण गराउने बाटो खुलेको छ। सपथ ग्रहणपछि पराजुलीले प्रधानन्याधीशका रुपम कार्यभार ग्रहण गर्ने छन् । प्रस्तावित प्रधानन्यायाधीश पराजुलीका विषयमा संसदीय सुनुवाई समितिमा एउटा पनि उजुरी परेको थिएन। सांसदहरुले भने उजुरी नपर्नुको कारणबारे संसदीय समितिमा पराजुलीलाई नै प्रश्न गरेका थिए।