१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यती एसोसिएसन यूकेको अध्यक्ष देवानद्धारा राजिनामा

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७४, आईतवार ०९:४४

लण्डन । वेलायतको सबै भन्दा पुरानो संस्था यती नेपाली एसोसिएसन यूकेको अध्यक्ष
पिपला देवानले राजिनामा दिएकी छन् । गतबर्ष मात्र पहिलो महिलाका रुपमा संस्थाको अध्यक्षको पद समालेकी देवानले आफ्नो कार्यव्यस्तताका कारणले पदबाट राजिनामा दिएकी हुन् ।
संस्थाका महासचिव बाचस्पति रेग्मीका अनुसार देवानले शनिवार साँझ कार्यसमिति समक्ष आफ्नो राजिनामा पत्र पेश गरेकी छन् । रेग्मीले आफुलाई प्राप्त राजिनामा कार्यसमितिका सदस्यहरु समक्ष पठाई सकेको जानकारी दिए । ‘आफ्नो कार्यव्यस्तताका कारणले समय दिन नसेको भन्दै राजिनामा दिनु भएको छ आगामी कार्यसमितिको बैठकले राजिनामाको बिषयलाई टुंगो लगाउने छ’ रेग्मीले भने ।
देवानको व्यस्तताकै कारणले अक्टोवर महिना पछि संस्थाको बैठक समेत नियमित बस्न सकेको थिएन् ।