२६ बैशाख २०८१, बुधबार
Follow Us

महाधिवेशनमा सघाउन नेविसङ्घ अध्यक्ष कर्णको आग्रह

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७३, सोमबार १०:५४

काठमाडौं । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णले महाधिवेशनलाई सघाउन अनशनरत विद्यार्थीसँग आग्रह गर्नुभएको छ । विगत तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशनमा बस्नुभएका नेविसङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र रामेछापका पूर्व उपाध्यक्ष रत्नहरि ढुङ्गेललाई भेटी महाधिवेशनका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो ।
असन्तुष्ट पक्षको मागलाई वार्ता र संवादबाट टुङ्ग्याउन सकिने भन्दै उहाँले समयमै महाधिवेशन गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको नेविसङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । नेविसङ्घको ११ केन्द्रीय महाधिवेशन आगामी साउन २३ देखि काठमाडौँमा हुँदैछ । यसका लागि हल र होटल बुकिङका काम भइरहेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।