११ बैशाख २०८१, मंगलवार
Follow Us

नयाँ आवलाई धितोपत्र बजारबाट हरियो झण्डा

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७४, आईतवार १२:०८

काठमाडौं । धितोपत्र बजारले नयाँ आवलाई हरियो झण्डा देखाएर स्वागत गरेको छ । कारोबार रकम उल्लेख्य रुपमा बढी नभए पनि आव २०७४÷७५ को पहिलो दिन बजार बढेको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।
कुल १४९ कम्पनीका करिब १२ लाख ९४ हजार कित्ता सेयर करिब रु ६८ करोड १३ लाख मूल्यमा कारोबार भएको हो । कुल ०.९ विन्दुले बढेको बजार एक हजार ५८३ विन्दुमा पुगेर रोकिएको छ । उपसूचकमा भने बैंकिङ २.४१, वित्त क्षेत्र १०.९३ र बीमा समूह १.४८ बिन्दुले बढेको छ ।
होटल ५.८२, विकास बैंक ०.४४, जलविद्युत् समूह ८.९१, उत्पादन समूह ०.२१ र अन्य समूह ५.५ बिन्दुले घटेका छन् । बजारलाई बैंक, वित्त र बीमा समूहले मात्रै हरियो झण्डा देखाउने अवस्थामा पु-याएका हुन् ।