१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जोशी प्रधानमन्त्रीको स्वकीय सचिव

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७४, आईतवार १५:२१

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो स्वकीय सचिवमा अधिवक्ता केशवराज जोशीलाई नियुक्त गरेका छन्। संसदीय दल हेर्ने गरी नीजि सचिवको जिम्मेवारीमा रहेका जोशीलाई प्रधानमन्त्री देउवाले आइतबार स्वकीय सचिवमा नियुक्त गरेका हुन।
एक दशकभन्दा लामो समयदेखि वकालत पेशामा क्रियाशील जोशीलाई विशिष्ठ श्रेणीको सेवा सुविधा पाउने गरी नियुक्त गरिएको हो। धनगढी उपमहानगरपालिका–५ स्थायी घर भएका जोशीले यसअघि २०६१ सालमा तत्कालीन कानून मन्त्रीको स्वकीय सचिवको जिम्मेवारी निर्वाह गरी सकेका छन्।