१५ बैशाख २०८१, शनिबार
Follow Us

भरतपुर–१९ को मत गणना विवादबारे सर्वोच्चले आज फैसला गर्ने

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७४, सोमबार ०७:०४

काठमाडौं । सर्वोच्च अदालतले लामो समयदेखि भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला गर्न सेकेको छैन । आइतबार मात्र सर्वोच्च अदालतले नयाँ नेतृत्वको प्रधानन्यायाधिश पाएको छ । यसअघि विभिन्न बाहना बनाएर पटकपटक इजलास सारे पनि आज तोकिएको इजलास अघि बढ्ने सबैले विश्वास गरेका छन् । भरतपुर महानगरपालिकामा रेणु दाहाल र देवी ज्ञवालीबीच रोचक प्रतिष्पर्धा छ । प्रचण्डपुत्री रेणु नेकपा माओवादी केन्द्र र कांग्रेसको साझा उम्मेदवार हुनुहुन्छ भने ज्ञवाली एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।
प्रधानन्यायायधिशमा गोपाल पराजुली आएपछि लामो समयदेखि रोकिएको मुट्ठा छिट्टै छिनोफानो हुने सबैको आशा छ । भरतपुर १९ को इजलास आज दिउँसोका लागि तोकिएको छ । निर्वाचन आयोगले भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा रिट दायर गरेको थियो । उक्त रिटको पेशी आज तय गरिएको हो ।