१२ बैशाख २०८१, बुधबार
Follow Us

सुरोज मास्केले एनआरएनए यूकेको सचिवमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७४, सोमबार ०८:०५

लन्डन । एनआरएनए यूके कार्यसमिति अन्तर्गत विजनेश विभागमा क्रियाशिल व्यवसायी तथा समाजसेवी सुरोज मास्केले आगामी निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् । आफू सचिवको पदमा रहेर नेतृत्व टिमलाई गति दिन उल्लेख्य भूमिका खेल्ने बताउंदै उनले एनआरएन व्यक्ति र अध्यक्ष मात्र नभएर यसलाई टिम वर्कको रुपमा सामूहिक नेतृत्व प्रणालीमा जानुपर्ने धारणासहित आगामी निर्वाचनमा 
सद्भाव, सुझाव र सहयोगको अपिल गरेका छन् ।

एनआरएनए यूकेमा विकास हुंदै गएको विकृति विसंगति 
चिर्ने र नेपाल हाउस प्रोजेक्टलाई व्यापारिक मोडेलमा लगेर सफल बनाउन पहल कदमी लिने उनको प्रतिवद्धता छ ।

एनआरएनए नागरिकताको विवादास्पद मुद्दामा आफ्नो छुट्टै ‘भिजन’ भएको बताउने मास्के एनआरएनए भएर विदेश बसेर नेपालको राजनीतिक अधिकार सहित नागरिकता खोज्नु बेइमानी भएको बताउंदै भोग चलन, सम्पति अधिकार दिएर राज्यले सम्मान गरेमा अनुग्रहित हुनुपर्ने धारणा राख्छन् ।

एनआरएनए चुनाव पैसा र पहुंचको बलमा होइन, मुद्दाको आधारमा हुनुपर्ने धारणा राख्ने मास्के बेलायत जस्तो देशमा धेरै पद 
सृजना गरि सबैलाई समेट्ने प्रयास ठिकै भएपनि त्यसको भूमिका नहुने प्रति गम्भीर विमति राख्छन् ।