१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पृथ्वी परिक्रमा अवार्ड २०७४” बेलायतमा आयोजना हुने

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७४, सोमबार ०८:०७

बिदेशमा बसेर देशको कला, संस्कृत र सामाजिक विकासको लागी योगदान गर्ने बढीमा ५१ जना ब्यक्तिहरुलाई आगामी नोभेम्बरमा लन्डनमा आयोजना हुने “पृथ्वी परिक्रमा अवार्ड २०७४” द्वारा सम्मानित गरिने भएको छ ।

आज काठमाडौं रेस्टुरेन्ट नर्थफिल्ड्, लन्डनमा आयोजित एक पत्रकार सम्मेलनमा बक्स अफिस राष्ट्रिय प्रमुख राम बहादुर सुवेदी तथा बेलायतका लागि संयोजक सुरेन्द्र प्रसाद श्रेष्ठका बीच एक सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त संस्थाको हक हित तथा कानुनी परामर्शका लागि राजु थापा, प्रचारप्रसारका लागि नवीन पोखरेल, शिव भण्डारी, एभरेष्ट गौतम र सुरेस श्रेष्ठद्वारा सहयोग गर्ने भएका छन भने उक्त अवसरमा बिरेन्द्र श्रेष्ठको समेत सहभागिता रहेको थियो ।