१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आफ्नै भवनमा मुस्कान महिला सहकारी

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७४, सोमबार ०८:३५

चितवन । सामुहिकता र एकताले नै समाज विकासमा टेवा पुग्ने सरोकारवालाहरुले बताएका छन् । खैरहनी १२ कुमरोजमा रहेको मुस्कान महिला विकास वचत तथा ऋण सहकारीको भवन उद्घाटनका क्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उद्घाटन कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ताकुमारी पौडेलले महिलाकै सक्रियतामा खोलिएका सहकारीले विपन्न सदस्य र व्यवसायिकतामा जोड दिएकाले प्रगति गर्न सफल भएको भनाई राख्नुभयो ।
कार्यक्रममा सहकारीले महिलामा सशक्तता प्रदान गरेको उल्लेख गर्दै प्रयास र हिम्मतका साथ काम गरे सफलता हात पार्न सकिने बताउनुभयो । आर्दश गृहकी संयोजक मीना खरेलले महिलाको नेतृत्व विकास र सशक्तिकरणमा सहकारी कोशेढुगां भएको बताउनु भयो । अधिवक्ता फुलमाया रानाभाटले सहकारीले महिलालाई आत्मनिर्भर हुन सिकाएको विचार राख्नु भयो ।
सो अवसरमा खैरहनी १२ का वडा अध्यक्ष टिकाराम तिमेल्सनाले महिलाबिच एकता हुनुपर्नेमा जोड दिदै लैगिक मैत्री समाज निमार्णमा सहयोग गर्ने बताउनुभयो ।
सहकारीकी अध्यक्ष अम्बिका तिमेल्सनाको अध्यक्षतामा भएको सो कार्यक्रममा साविक कुमरोज गाविस सचिव राजेन्द्र मैनाली, बुढी राप्ती उपभोक्ता समिति अध्यक्ष नारायणदत्त तिमेल्सना, इन्देणी महिला विकास सहकारीकी लेखमाया अधिकारी, सहकारी उपाध्यक्ष जमुना पाठकलगायतले बोल्नु भएको थियो ।
खैरहनी नगरपालिकाका वडा १२ र १३ का महिला ८८५ सेयर सदस्य रहेको सो सहकारीको वि.स २०५९ स्थापना भएको थियो । १५ धुर जग्गामा निमार्णधीन सो भवन १७ लाख २२ हजार ४ सय ९१ रुपैया लागतमा निमार्ण सम्मन्न गरिएको संयोजक खिलकुमारीले जानकारी दिनुभयो । ७ वर्ष अघि निर्माण सुरु गरिएको सो भवन संघसंस्था, देउसी भैलोलगायत दाताहरुको सहयोगले भवन निर्माण गर्न सहयोग पुगेको अध्यक्ष तिमिल्सनाले प्रष्टाउनु भयो । ३ कोठा रहेको सो १ तले भवनमा सभाहल समेत निर्माण गरिएको लेखा संयोजक दुर्गा उप्रेतीले जानकारी दिनुभयो ।
सिर्जना अर्याल