१३ बैशाख २०८१, बिहीबार
Follow Us

अध्यक्ष थापा समूहले एनआरएन जापानकाे क्षेत्रिय निर्वाचन कब्जा गर्न खोज्दा कुटाकुट (भिडियो)

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७४, सोमबार ०८:५४

लण्डन । गैरआवासीय नेपाली संघ जापानको अध्यक्ष सुदन थापा समूहले कान्साई क्षेत्र कब्जामा लिएको छ । कान्साई क्षेत्रको अधिवेसनमा प्रमुख अतिथीको रुपमा पुगेका थापाको निर्देशनमा सो क्षेत्रको लागि कोषाध्यक्षको उम्मेदवार बनेका शिवु थापाको उम्मेदवारी जर्वजस्ती रद्ध गरि आफ्नो पक्षका व्यक्तिलाई कोषाध्यक्ष घोषणा गरे पछि थापा विवादमा आएका हुन् ।

यस्तै थापा समूहले कान्तो, नागायो र टोकियो क्षेत्रमा समेत निर्वाचन प्रकृयामा अवरोध गर्दै आफ्नो कब्जामा लिएको छ । टोकियो क्षेत्रिय निर्वाचनमा अध्यक्ष थापा निकट समूहले चुनाव अवरोध गर्न खोज्दा कुटाकुटको अवस्था सृजना भएको थियो ।

यसै बीच कान्साई क्षेत्रको कोषाध्यक्ष उम्मेदवार शिवु थापाले एक विज्ञप्ति जारी गर्दै
प्रजातन्त्रिक मुल्य मान्यता विपरीत निर्वाचन मन्डलले अराजकता सृजना गरि हर्कत देखाएको भन्दै निर्वाचन खरेजीको माग गरेका छन् ।


शिवु थापाद्धारा जारी विज्ञप्तिको पूर्णपाठ जस्ताको तस्तै

आदरणीय कान्साईबासि दाजुभाई तथा दिदि बहिनिहरु म बिभिन्न सामाजिक कार्यमा सहभागी हुदै नेपालीहरु को साझा सस्थाको प्रतिनिधित्व गर्ने एनआरएनए जापान को कान्साई क्षेत्रको क्षेत्रिय समितिबाट यो अभियानमा सहभागी हुने हेतुले मैले कान्साई क्षेत्रको कोषाध्यक्ष पदमा उमेद्वारी दिएको यहाँहरु लाइ अबगत गराउन चाहन्छु ।

बिभिन्न बहाना गराई घोषित मितिको निर्बाचन गर्न नसकेको निर्बाचन समितिको आज बसेको कथित बैठकमार्फत कुनै आधार बिहिन तरिकाले मन परि कोषध्यक्ष पदमा आफुले इच्छाइएको ब्यतिलाई नियुक्ति गरिएको छ । सबैको साझा सस्था भन्दै ओकालत गर्ने एनआरएनका अभियान्ताहरु नै उपस्थित उक्त बैठकमा भएको यस्तो लज्जास्पद निर्णयले सामान्य प्रजातान्त्रिक पद्दतिको नै बलात्कार गरेको महशुस गरेको छु । यसो त सहमतिको नाममा अहिले सम्म कोहि नभयको संयोजक पदमा पनि २ जना ब्यतीलाई १ र १ साल नियुक्ति गरेको दाग ओभाउन नपाउदै कान्साई निर्बाचन समितिले अर्को पुरुसार्थ गर्न सफल भएको छ ।
आदरणीय कान्साई बासि दाजुभाई तथा दिदिबहिनीहरु म निर्बाचन प्रक्रियामा बिश्वास राख्दै उमेदवार दिएको हु , र निश्पक्ष निर्बाचन प्रणालीबाट उमेदवार लाइ निर्बाचन गरियोस भन्ने चाहना राख्दछु । सोहि अनुसार सहमतिको नाममा जबरजस्ती कुनै पनि कुरा लाद्नु एनआरएनए जापानलाइ आफ्नो गोजीमा राख्नु हो भन्ने महशुस गर्दै निश्पक्ष निर्बाचन को माग गर्दछु ।
निर्वाचनमा स्वतन्त्र रुपमा लडन पाउने विश्वव्यापी प्रजातन्त्रिक मुल्य मान्यता विपरीत यो निर्वाचन मन्डलले केहि कथित व्यक्तिहरुको अराजकतामा पर्दा पछाडीवाट भएका गरेका सम्पूर्ण हर्कतहरुको खारेज गरी नयाँ निर्वाचन कमिटि बनाएर चुनावको वातावरण गर्नुहुन म जोडदार माग गर्दछु र मेरो कोषाध्यक्ष को उम्मेदवारी यथावत कायम रहेको पनि जोडदारसँग सवैमा जानकारी गराउनु चाहन्छु।
यो वातावरण बनाउनको लागि NRNA जापान, पत्रकार, पुरानो कान्साइ कमिटी र सम्पूर्ण प्रवासी न्यप्रेमी जापानवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु।
बोधार्थ- NRN जापान अध्यक्ष सुदन थापा

शिबु थापा
कोषाध्यक्ष उम्मेदवार एन आर एन ए कान्साइ जापान कमिटी


20179579_1384247574973713_1428997325_n