१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कवि दुर्गाप्रसाद पोख्रेल बेलायतमा पुरस्कृत हुँदै

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७४, सोमबार १३:११

कवि एवं समालोचक दुर्गाप्रसाद पोखरेललाई बेलायतमा पुरस्कृत गरिने भएको छ ।

अन्तर राष्ट्रिय नेपाली साहित्य समाज, (अनेसास) यूकेले कवि पोख्रेललाई अनेसास सुप्रमा पुरस्कार – २०१७ द्वारा पुरस्कृत गर्ने घोषणा गरेको हो । बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वर मानन्धरबाट सन् २०१२ मा वहाँको बुवा स्व. सुन्दर प्रसाद मानन्धरको स्मृतिमा स्थापित सो पुरस्कारलाई कवि मानन्धरको स्वर्गारोहणपछि वहाँकी धर्मपत्नी जानकी मानन्धर तथा परिवारबाट निरन्तरता दिईएको छ । हरेक बर्ष बेलायतमा रहेर सृजना गरिएका कृतिहरू मध्ये एक उत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने गरी स्थापित उक्त अनेसास-सुप्रमा पुरस्कार यस अघि २०१४ मा कवि मुकेश राईलाई , २०१५ मा कवि केदार सुनुवार `सङ्केत´ लाई तथा २०१६ मा कथाकार कृष्ण बजगाईलाई प्रदान गरिएको थियो । यसै क्रममा सन् २०१७ को लागि `अक्षरका पाइलाहरू´ कविता सङ्ग्रह उत्कृष्ट कृति रहेको ठहर गर्दै कवि पोख्रेललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। कवि पोख्रेलका ‘अमृतका थोपा’ र ‘अक्षरका पाइलाहरू’ गरी दुई कृति प्रकाशित छन् ।