१५ बैशाख २०८१, शनिबार
Follow Us

टुइटरमा सिलवालको विलौना

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७४, सोमबार १६:०१

काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग लगाएपछि आईजीपी प्रकरणको मुद्दा ओझेलमा परेसँग गुमनाम बनेका डिआईजी नवराज सिलवाल सार्वजनिक सञ्जालमा देखापर्न थालेका छन् । टुइटरमार्फत सार्वजनिक हुदै सिलवाल लेख्छन्, ‘तिमी जति नै ठूलो पद या भौतिक उपलब्धि हासिल गर, मनको कुनामा अलिकति मानवता भएन भने त्यसको केही अर्थ छैन ।’
आईजीपी बन्नलाई कानुनी लडाइ लडिरहेका डिआईजी सिलवालको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । गत शनिबार गृहमन्त्रालयले ११ डिआईजीलाई एआईजीमा बढुवा गरेको थियो । उक्त बढुवामा सिलवाल परेनन् । बढुवा नहुँदा पनि उनको जागीर आगमी माघ मसान्तसम्म छ । आईजी प्रकरणको मुद्दा साउन १७ गतेका लागि पेसी सरेको छ ।
आईजीको प्रतिस्पर्धामा रहेका सिलवालले जागीरलाई निरन्तरता दिए भने जुनियरको अन्डरमा बसेर काम गर्नुपर्छ । उनले गत जुलाई १२ मा टुइटरमा नै यस्तो स्टाटस लेखेको थिए– ‘न्याय र सत्यको बाटो कष्टर हुदो रहेछ ।’
nawa