१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पहिरो पन्छाएपछि सडक सञ्चालनमा

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७४, मंगलवार ०४:१८

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज बिहान खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ४:३० बजे खसेको पहिरो पन्छाएर ६:३० बजेदेखि सवारी आवागमन सञ्चालन गरिएको हो ।
रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । बिहान ४ बजेदेखि सडक खुल्ने भएपनि ४:३० बजे पहिरो खसेर सडक अवरुद्ध भएपछि यातायातका साधन रोकिएका थिए । पहिरो खसेको ठाउँ मुग्लिनबाट सात किमी नारायणगढतर्फ पर्छ । सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खस्ने क्रम बढेपछि सो सडक राति बन्द गरिँदै आएको छ ।