७ बैशाख २०८१, शुक्रबार
Follow Us

९४ इनिस्पेक्टर डिएसपीमा बढुवा

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७४, मंगलवार ११:४१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९४ प्रहरी निरीक्षक (इनिस्पेक्टर) लाई प्रहरी नायक उपरीक्षक पदमा बढुवा गरेको छ । बढुवामध्ये एक नम्बरमा नवराज मल्ल परेका छन् । उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यरत थिए । दोस्रो नम्बरमा डिलबहादुर मल्ल छन् भने नरेन्द्र कुँवर तेस्रो नम्बरमा छन् । निर्मल बुढाथोकी, पुष्पराज मल्ल, मुकुन्दप्रसाद रिजाल, रुपक खड्का, भेषराज रिजा, पे्रमसागर केसी र डिल्लीनारायण पाण्डे क्रमशः चौथोदेखि दसौं नम्बरमा रहेका छन् ।
प्रहरी प्रधान कार्यालयले गत शनिबार ११ डिआईजीलाई एआईजीमा नियुक्त गरेको थियो । त्यसपछि एसएसपीलाई डिआईजी, एसपीलाई एसएसपी र डिएसपीलाई एपीमा यसै साता बढुवा गरेको छ । लामो समयदेखि प्रहरीमा बढुवा रोकिएको थियो, तर गृह मन्त्रालय सम्हाल्न जनार्दन शर्मा आएपछि प्रहरीका सबै बढुवा अगाडि बढाएको छ ।