८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन यूके महिला संयोजकमा लीला सेलिङको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७४, मंगलवार १२:३०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको महिला संयोजकमा लीला सेलिङ माबोले उम्मेदवारी दिने घोषणा गरेकी छन् । माबोले गत आइतबार लण्डनस्थित फेलथाममा आयोजित पत्रकार सम्मेलनमार्फत् अगामी ९ सेप्टेम्वरमा हुने ७ औं अधिवेसनका लागि उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

किराँत याकथुङ चुम्लुङ यूकेको उपाध्यक्ष समेत रहेकी माबोले बेलायतमा नेपाली महिलाले भोग्नु परेको घरेलु हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने मुख्य उद्देश्य रहेको बताइन् ।

उनले महिला संयोजकको रुपमा जिम्मेवारी पाए यसअघिका महिला संयोजकले ल्याएका कार्यक्रमलाई निरन्तरता दिदैं महिला हकहितका लागि नयाँ कार्यक्रम सार्वजानिक गर्ने घोषणा गरेकी छन् । पेशाले डेन्टल नर्स माबोले बेलायतको सर्य यूर्निभरसिटीमा स्नातक उत्र्तिण गरेकी छन् ।

करिब आधा दर्जन बढी संघसंस्थामा काम गरेको अनुभव बटुलेकी मावो सुन चाँदी व्यवसायीसमेत हुन् । उनले विभिन्न संघसंस्था तथा अध्ययन गरेको यूर्निभरसिटीबाट मानपदवी तथा सम्मानसमेत थापेकी छन् ।