१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वरिष्ठ नेता पौडेल र जापानका वातावरण राज्यमन्त्री इतोबीच भेट

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७४, मंगलवार १५:१४

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जापानका वातावरण राज्यमन्त्री तादाहिको इतोबीच भेटवार्ता भएको छ । नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटमा नेपालको वातावरण र प्राकृतिक सम्पदालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले जापानमा नयाँ प्रविधि प्रयोग हुँदै आएको र नेपालमा पनि उक्त प्रविधिको प्रयोग गरी शहरी क्षेत्रको फोहोर व्यवस्थापन गरेर कसरी फाइदा लिन सकिन्छ भन्ने बारेमा समेत छलफल भएको बताउनुभयो ।
भेटमा राज्यमन्त्री इतोले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिनुभएको नेता पौडेलले बताउनुभयो । जापान–नेपाल संसदीय मैत्री सङ्घका अध्यक्षसमेत रहनुुभएका राज्यमन्त्री इतोले आगामी दिनमा पनि नेपालको विकास लागि जापान सरकारको सहयोग रहने विश्वास व्यक्त गर्नुभएको थियो ।