४ बैशाख २०८१, मंगलवार
Follow Us

११ वर्षीया बालिकालाई गर्भवती बनाउने पक्राउ

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७४, मंगलवार १५:१८

भोजपुर । भोजपुरमा ११ वर्षीया बालिकालाई गर्भवती बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ । अरुण गाउँपालिका याकुकी–११ वर्षीया बालिकालाई गर्भवती बनाइ फरार रहेका सोही गाउँका २१ वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार धरानबाट पक्राउ परेका श्रेष्ठलाई जबर्जस्ती करणीको मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचर्यले बताए । बालिकाको पेट असहजरुपमा बढ्दै गएपछि सोधखोज गर्दा घटना बाहिर आएको हो ।