१२ बैशाख २०८१, बुधबार
Follow Us

लाप्राक अस्तव्यस्त, अक्टुबरमा ३ सय घर हस्तान्तरण गरिन्छ: अध्यक्ष घले

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७४, बुधबार ०९:००

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले भूकम्प पीडित गोर्खा लाप्राकवासीका लागि निर्माण गरेको ३ सय घर अक्टुबर अगाडि नै हस्तान्तरण गरिने भएको छ । एनआरएन अध्यक्ष शेष घलेले जारी गरेको विज्ञप्तिभनिएको छ, ‘प्रतिकूल मौसमका बाबजुद केही महिनाबीचमा तीन सय घरको डीपीसी तयार भइसकेको छ । लाप्राकमा हामीले उत्पादन गरेको इट्टाले घरको गारो लगाउने काम सुरु भइसकेको छ । हामी आशा गरौं अक्टोबर अगाडी यी घरहरुको निर्माण सम्पन्न भई भूकम्पपिडीतलाई नयां भूपम्प प्रतिरोधी र आधुनिक घरमा सार्न सफल हुनेछौं ।’
2

अध्यक्ष घलेले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै
गैरआवासीय नेपाली साथीहरु, यहाँहरुले एकएक डलर काटेर जम्मा पारेको रकमले गोर्खाको दुर्गम हिमाली गाउँ लाप्राकका भूकम्पपिडीतका लागि घर बन्ने क्रम जारी छ । प्रतिकूल मौसम र दुर्गम भूगोगलका बाबजुद हामीले केही महिनाको बिचमा झण्डै तीन सय घरको डीपीसी गरिसकेका छौं । लाप्राकमा हामीले उत्पादन गरेको इट्टाले घरको गारो लगाउने काम सुरु भइसकेको छ । हामी आशा गरौं अक्टोबर अगाडी यी घरहरुको निर्माण सम्पन्न भई भूकम्पपिडीतलाई नयां भूपम्प प्रतिरोधी र आधुनिक घरमा सार्न सफल हुनेछौं । घर निर्माणका लागि ढुंगा नभएका कारण हामीले इटा उत्पादनको सोंच बनाएका थियौं, तर हामीले सोंचेजस्तो सहज भएन, सयौं हण्डर खाएर अन्ततः स्थानीयस्तरमै इटा उत्पादन सफल भएको छ । हामी कस्तो भूगोगलमा काम गरिरहेका छौं भने अहिले लाप्राक पुरै संसारदेखि सम्पर्कबिच्छेदजस्तै छ। त्यहां पुग्ने बाटोहरु पहिरोले बगाएको छ र गैरआवासीय नेपाली संघले बाटो खुलाएर त्यहां सामाग्री पुर्याउने काम गरिरहेको छ । प्रतिकूल मौसमका कारण हेलिकोप्टरसमेत पुग्न सक्दैन । निर्माणस्थलमा हिलोको आहाल छ, स्वदेशी बिदेशी स्वयंसेवक तथा निर्माणकर्मीहरु धमाधम घर निर्माणमा ब्यस्त हुनुहुन्छ । अघिल्लो सातामात्र हामी लाप्राक बसेर फर्किएका थियौं । सायद यही हो, हामीले भन्ने गरेको राष्ट्र पुनःनिर्माणमा सच्चा साझेदार भनेको । यति दुर्गम र असहज ठाउंमा हामीले एकीकृत नमुना वस्ती निर्माणको अभियानलाई सफल बनाउनै लागेका छौं । यो प्रकृयामा सहभागी सवैलाई धन्यबाद । अब हामी सवैले होस्टेमा हैंसे गरेर यो अभियानलाई सार्थक बनाउनुपर्छ ।
डा. शेष घले
१८ जुलाई, २०१७
3
4