१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जापानको ओकिनावामा वर्ल्ड नेवा: अर्गनाइजेशन जापान शाखा गठन हुने

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७३, मंगलवार ०७:२३

टोकियो । नेपालका विभिन्न जिल्लाबाट जापानको ओकिनावा क्षेत्रमा बिभिन्न पेशा , ब्यबसाय , अध्ययन र अध्यापन गरेर बसोबास गर्ने नेवारहरुले वर्ल्ड नेवा: अर्गनाइजेशन जापान , ओकिनावा गठन गर्ने भएको छ । अर्गनाईजेशनले नेपाली समुदायमा आइपर्ने समस्यामा सामूहिक पहलमा एकताबद्ध हुने उद्देश्यले अर्गनाईजेशन गठन गर्न लागेको कुराको जानकारी गरिएको छ ।
हाम्रो भाषा संस्कृतिको सरंक्षण र संबर्धन,जापान भित्र र संन्सार भर छरिएर रहेका नेपालीहरुसंगको समन्वय ,आफुसंग भएको सीप, ज्ञानको प्रचार र नेपालमा केहि आर्थिक सहयोग गर्ने उद्वेस्यले वर्ल्ड नेवा:अर्गनाईजेशन जापान, ओकिनावा शाखा गठन गर्न लागिएको कुरा संस्थाका ओकिनावा प्रतिनिधि नारायण जोशीज्युले जानकारी गराउनु भएको छ ।
ओकिनावा क्षेत्रका नेवारहरु संगठित भई केहि रचनात्मक कार्य गरौं भन्ने उद्वेश्यले संगठन गठन हुन् लागेको हुनाले उक्त क्षेत्रमा बसोबास गर्नुहुने साथीहरुलाई उक्त कार्यक्रममा सपरिवार सहभागी हुन् हार्दिक अनुरोध गरिएको छ ।