१२ बैशाख २०८१, बुधबार
Follow Us

राणाद्वारा केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७४, बुधबार १३:४०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको बताएका छन । बुधबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा राजनैतिक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाएर आफ्नो स्वार्थ शिद्ध गर्न चाहने राष्ट्रिय र अन्तराष्ट्रिय गिरोहले राप्रपाबिरुद्ध अभियान चलाएको आरोप लगाए । पार्टी अध्यक्ष थापाले स्थानीय तह निर्वाचनमा राप्रपाको हार भए पनि पार्टीका विचार र नीतिको पक्षमा बलियो जनमत रहेको बताए । केन्द्रीय कार्यसमितिको बैठक राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले बहिस्कार गरेका छन् ।