१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राजपा निर्वाचनमा सहभागी हुन लचक

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७४, बुधबार १३:५१

काठमाडौं । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको राष्ट्रिय जनता पार्टी(राजपा) आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सहभागी हुन लचक देखिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुसँग आज बालुवाटारमा भएको छलफलमा राजपा निश्चित माग पूरा भए निर्वाचनमा जान सकारात्मक देखिएको हो ।
बैठकमा राजपाले उठाउँदै आएको मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार, पक्राउ परेका कार्यकर्ता रिहा, मुद्दा फिर्ता र सहिद घोषणा गर्न सत्तारुढ दल तयार भएपछि राजपा पनि निर्वाचनमा जान सकारात्मक देखिएको हो । बैठकमा राजपाले संविधान संशोधन पनि तत्काल गर्नुपर्ने माग राखेको थियो ।
तर सत्तारुढ दलका नेताहरुले तत्काल दुई तिहाई पुर्‍याउन सकिने अवस्था नरहेकाले यस विषयमा एमालेलगायतका अन्य दलहरुसँग थप छलफल गरेर टुंगोमा पुग्ने बताएका थिए । राजपाले संविधान संशोधन नगरी निर्वाचनमा जान आफूहरुलाई अप्ठ्यारो हुने जनाएको छ । बैठकमा सत्तारुढ दल र राजपाका नेताहरुबीच पुनः छलफल गर्ने सहमति भएको छ ।
राजपाका केही माग आगामी मन्त्रिपरिषद्को बैठकबाट पूरा गरिने र त्यसपछि थप छलफल गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।