१५ बैशाख २०८१, शनिबार
Follow Us

बैद्य, बाबुराम र विप्लप माओवादी केन्द्रमा आउनुबाहेक विकल्प छैन

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७४, बुधबार १३:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलले जनताको विश्वास कायम राख्न नसकेको स्वीकार गरेका छन् । बुधबार ललितपुरमा गरिएको पार्टी पशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले जनताको विश्वास कायम राख्न नसक्दा स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकेको बताए ।
उनले माओवादीबाट फुटेर गएकाहरुका विचारलाई पनि जनताले अनुमोदन नगरेको भन्दै उनीहरुलाई मूलधारमा फर्कन आह्वान गरे । उनले वैद्य, बाबुराम र विप्लबको विचारलाई जनताले अनुमोदन नगरेको भन्दै उनीहरु माओवादी केन्द्रमा आउनुबाहेक अरु विकल्प नभएको जिकिर गरे ।
‘हिजो अलि धेरै नै के–के न गर्छौं भनेर जानुभा’थ्यो, जनताले त त्यसलाई स्वीकार गरेन, जनताले त्यसलाई अनुमोदन गरेन र गर्नसक्ने कुरा पनि थिएन’–उनले भने । राजनीतिक परिवर्तनलाई संस्थागत गर्न माओवादीबाट फुटेर गएकाहरु एकैठाउँमा आउनुको विकल्प नभएको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनमा माओवादीले हारे पनि मुद्दाका हिसाबले भने जित हासिल गरेको दाबी गरे । कार्यक्रममा स्थानीय तह निर्वाचनमा ललितपुरमा माओवादी केन्द्रबाट विजयी भएकाहरुलाई सम्मानसमेत गरिएको थियो ।