८ बैशाख २०८१, शनिबार
Follow Us

क्लिन्टन ट्रम्पभन्दा सात अङ्क अगाडि : सर्वेक्षण

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७३, मंगलवार ०७:२५

वासिङटन । अमेरिकी डेमोक्रेटिक दलको अधिवेशनमा उहाँलाई मिलेको समर्थनपछि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्नुभएकी हिलारी क्लिन्टनको समर्थनमा चार अङ्कको बराबरको समर्थन थप भएको छ । यसअघि तीन अङ्कले अगाडि देखिएकी क्लिन्टनलाई अधिवेशनमा आएको समर्थनपश्चात थप चार अङ्क जोड्दा अब क्लिन्टनले ट्रम्पलाई सात अङ्कले लिड गरेको सर्वेक्षणले देखाएको बताइएको छ ।
रिपब्लिकनको अधिवेशनले डेमोक्रेटिक दलको अधिवेशन पूर्व ट्रम्पको पक्षमा दुई अङ्कको प्रगति देखाएको सीबीएस समाचार सर्वेक्षणले जनाएको छ । आदिवासी अमेरिकीहरुले हेर्ने दृष्टिकोण डेमोक्रेटिकको उम्मेदवार हिलारीका लागि समस्या भए पनि फिलाडेल्फियामा भएको अधिवेशनले यसलाई केही हदमा घटाउन मद्दत गरेको मत सर्वेक्षणले बताएको छ ।
मतदानका लागि नाम दर्ता भएका ५० प्रतिशत मतदाताको क्लिन्टनलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको भए पनि ३५ प्रतिशत भने उनका आत्मिय प्रशंसक छन्, सीबीएस सर्वेक्षणले बताएको छ ।
अधिवेशनमा क्लिन्टनको उम्मेदवारीबारे भएको छलफल र डेमोक्रेटिकको तर्फबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवारी घोषणापश्चात उहाँको समर्थनमा थप पाँच प्रतिशतले वृद्धि हुँदा उहाँप्रति नकारात्मक विचार राख्ने सङ्ख्या छ प्रतिशतले घटेको छ । त्यसैगरी ट्रम्पको पक्षमा ३१ प्रतिशत मतदाता डोनाल्ड ट्रम्पप्रति सकारात्मक धारणा राखेका छन् । रिपब्लिकन पार्टीको अधिवेशन पूर्व पनि यो तथ्याङ्क ३१ प्रतिशत नै भएको सीबीएसकोसर्वेक्षणले देखाएको छ ।
रिपब्लिकन उम्मेदवार ट्रम्पप्रति ५२ प्रतिशत मतदाताको नकारात्मक धारणा रहेको सर्वेक्षणले जनाएको छ । यो मत सर्वेक्षण जुलाई २९, ३० र ३१ मा एक हजार ३९३ वयष्क मतदाताबीच लिइएको थियो । यसमा तीन प्रतिशत नम्बरबराबरको बदर मत हदका लागि छुट्टाइएको थियो ।