७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाललाई १ सय ९१ को लक्ष्य

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७४, बिहीबार ०६:१७

काठमाडौं । सिंगापुरमा जारी यु–१९ विश्वकप छनोट खेलमा नेपालले अफगानिस्तानबाट १ सय १९१ रनको लक्ष्य पाएको छ । सीमित ओभरको खेलमा यो सामान्य लक्ष्य हो । टस जितेर क्षेत्र रक्षण रोजेको नेपालले ४९ ओभर ४ बलमा अफगानिस्तानको सबै बिकेट लियो ।
अफगानिस्तानलाई सस्तैमा समेट्न नेपालको तर्फबाट साहब अलामले ३ विकेट लिए भने कप्तान सन्दिप लामिछाने र पवन सर्राफले २–२ विकेट लिए । किशोर महतो र दिपेन्द्र सिंह ऐरले १–१ विकेट लिए ।
अफगानिस्तानका लागि शीर्षक्रमका व्याट्सम्यानले राम्रो सुरुवात गरेका थिए । नाभिद ओविद र इब्राहिम जारदानको जोडीले ७५ रनको पार्टनसिप गरेको थियो । नाभिदले ३३ र इब्राहिमले ४३ रनको योगदान दिएका थिए । त्यसपछि आएका तारिखले २७ रन बनाएपछि अन्य ब्याट्सम्यान खासै जम्न सकेनन् ।
अपराजित रहेका नेपाल र अफ्गानिस्तान यो प्रतियोगिताको दावेदार टोली हुन् । आजको खेल जित्ने टोलीको अण्डर–नाईन्टिन विश्वकप क्रिकेट खेल्ने सम्भावना बलियो हुनेछ । चार टोली सहभागि प्रतियोगिताको विजेता मात्रै विश्वकपमा छानिने प्रावधान रहेको छ । सबै टोलीले एक अर्कासँग दुई दुईवटा खेल खेल्ने तालिका रहेको हुनाले आजको खेलपछि प्रतियोगिताका आधा खेल सकिनेछन् ।