८ बैशाख २०८१, शनिबार
Follow Us

अफगानिस्तानका अगाडि नेपाल निरीह

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७४, बिहीबार ०९:१७

काठमाडौं । सिंगापुरमा जारी यु–१९ विश्वकप छनोट खेलमा नेपाल अफगानिस्तानका अगाडि नेपाल निरीह साबित भयो । टस जितेर फिल्डिङ रोजेको नेपालले १ सय ९१ को लक्ष्य पाएको थियो । तर पवन सर्राफबाहेक कसैले पनि दोहोरो अंकको रन जोड्न सकेनन् । उनले ५२ बल लेख्दै २६ रन जोडेका थिए । नेपालले २६ ओभरमा सबै विकेट गुमाउँदा मात्र ४९ रन जोड्न सक्यो । नेपाली टोलीको कमजोर ब्याटिङ लाइनअप अफगानिस्तानसँगको खेलमा स्पष्ट देखियो । यो पराजयसँगै यु–१९ विश्वकपमा छनोट हुने नेपालको सम्भावना कमजोर बन्यो ।
नेपाललाई सस्तैमा समेट्न नाभिन उल हक र मुजिव जर्दानले ४–४ विकेट लिएका थिए । नेपालको ९ रनमै पहिलो विकेट खसेको थियो भने मध्यक्रमका ४ व्याट्सम्यान शुन्यमा आउट भएका थिए । चार टोली सहभागि प्रतियोगिताको विजेता मात्रै विश्वकपमा छानिने प्रावधान रहेको छ । सबै टोलीले एक अर्कासँग दुई दुईवटा खेल खेल्ने तालिका रहेको हुनाले आजको खेलपछि प्रतियोगिताका आधा खेल सकिएको छ ।