१५ चैत्र २०८०, बिहीबार
Follow Us

नवनिर्वाचित भारतीय राष्ट्रपति कोविन्द को हुन् ?

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७४, बिहीबार १५:५१

नयाँ दिल्ली । रामनाथ कोविन्द भारतीय राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । भारतीय इतिहासमा तल्लो जातबाट निर्वाचित हुने कोविन्द दोस्रो भाग्यशाली व्यक्तित्व हुनु भएको छ । भारतीय संवैधानिक राष्ट्रपतिको संवैधानिक पदमा लागि भएको भारतीय संसद तथा राज्य सभाका सदस्यबाट उहाँलाई ६५ प्रतिशत मत प्राप्त भएको, निर्वाचन आयोगले जनाएको छ ।
सन् १९४५ अक्टुबर १ मा उत्तर प्रदेशको कानपुरका एउटा दलित बस्तीमा जन्मेका रामनाथ कोविन्द तीन दाजुभाइमध्ये कान्छा हुन् । कानपुर कलेजबाट कानुनमा डिग्री हासिल गरेपछि उनी संघ लोक सेवा आयोग (युपिएससी) को तयारीका लागि दिल्ली आए । तेस्रो प्रयासमा उनी सफल पनि भए । अलाइड सर्भिसमा छनोट भएपछि उनले कानुनको क्षेत्रमा उनले भविष्य खोज्ने निर्णय लिए ।
कोविन्दको राजनीतिमा प्रवेश सन् १९९४ मा भएको हो । उनी उत्तर प्रदेशको राज्यसभामा निर्वाचित भए । २००६ सम्ममा उनी माथिल्लो सदनको दुईपटक सदस्य भइसकेका छन् । कोविन्दको पत्नीको नाम सविता कोविन्द हो । कोविन्द दुई सन्तानका पिता हुने । उनको छोराको नाम प्रशान्त र छोरीको स्वाति हुन् ।
पेशाले वकिल कोविन्दले दिल्ली हाइकोट र सुप्रिम कोर्टमा कानुन अभ्यास गरे । कोविन्दले अक्टुबर २००२ मा संयुक्त राष्ट्र संघमा भारतको प्रतिनिधित्व गरेका थिए । उनले संयुक्त राष्ट्र संघको महासभामा पनि सम्बोधन गरेका थिए ।
कोविन्द पूर्व प्रधानमन्त्री मोरारजी देसाइको निजी सचिव भइसकेका थिए भने भारतीय जनता पाटी (विजेपी) ले उनलाई प्रवक्तामा नियुक्त गरेको थियो । ८ अगस्ट २०१५ मा कोविन्दलाई बिहारको गर्भनर नियुक्त गरिएको थियो ।
उनले विजेपी दलित मोर्चाको अध्यक्ष पदको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनी अल इण्डिया कोली समाजको अध्यक्षसमेत भइसकेका छन् । यसको साथै उनले आईआईएम कोलकतामा एससी÷एसटी वर्गको प्रतिनिधित्व गरिसकेका छन् । कोविन्द लखनउस्थित डा. बीआर आम्बेडकर युनिभसिटीको बोर्ड अफ म्यानेजमेन्टको सदस्यसमेत रहिसकेका छन् । उनले आफ्नो पैतृक घर जन्ती बस्न र सामुदायिक भवनका लागि दान दिएका छन् ।
एकहत्तर बर्षीय पूर्व वकील तथा राज्य सरकारका गभर्नर भइसक्नु भएका सिमान्तकृत दलित समुदायका कोविन्दलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी गठवन्धनका ‘नेशनल डेमोक्रेटिक एलायन्स ९ एनडीए०’ तर्फबाट उहाँको नाम मनोनयन भई गत सोमबार मतदान भएको थियो । मतगणना बिहीबार सम्पन्न भएको हो ।
विपक्षी गठबन्धनको उम्मेदवारलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४औं राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । भाजपा नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठवन्धनबाट राष्ट्रपतिका उम्मेदवार बन्नु भएका कोविन्दले ६५।३५ प्रतिशत मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी कंग्रेस आई नेतृत्वको युपीए गठबन्धनकी उम्मेदवार मीरा कुमारले ३४।३५ प्रतिशत मत पाउनु भएको छ । साउन २ गते सम्पन्न निर्वाचनपछि आज सम्पन्न मतगणनामा कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मीरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाउनु भएको आयोगले जनाएको छ ।