७ बैशाख २०८१, शुक्रबार
Follow Us

बम समात्ने हवल्दार रानाको सहायक निरीक्षकमा बढुवा

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७४, बिहीबार १५:५५

काठमाडौं । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फाल्नुभएका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी सहायक निरीक्षकमा बढुवा भएको छ ।
उत्कृष्ट कार्य गरेबापत रानाको बढुवा गरिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रानाको बढुवा निर्णय भइसकेको छ, केही दिनमा दज्र्यानी चिह्न प्रदान गरिनेछ ।
गत असार १४ गते भएको मतदानका क्रममा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित अम्बास मतदान केन्द्रमा अज्ञात समूहले बम फालेका थिए । बम फालेलगत्तै हवल्दार रानाले त्यसलाई तत्काल हातले समातेर सुरक्षित स्थानमा फाली जनधनको क्षति हुनबाट जोगाउनुभएको थियो । त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्माले रानालाई फोन गरेर उहाँको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा गर्नुभएको थियो ।