१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७४, बिहीबार १६:१२

काठमाडौं । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पाँच सदस्यीय आयोग गठन गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सरकारले जति सक्दो चाँडो कार्य सम्पादन गर्नका लागि आयोगलाई २१ दिनको समय दिएको छ । निर्वाचन सम्पन्न गर्नका निमित्त संवैधानिक व्यवस्थानुसार आयोग गठन गरिएको हो ।
आयोगका सदस्यमा माधव अधिकारी, डा विश्वकल्याण पराजुली र गणेशराज कार्की तथा सदस्य सचिवमा योगेन्द्र शर्मा पौडेल रहनुभएको छ । बैठकले मुख्यसचिव डा सोमलाल सुवेदीले दिएको राजीनामा स्वीकृत गर्नाका साथै अतिरिक्त दरबन्दीमा राखिएको उहाँको पदलाई खारेज गरेको छ ।
सरकारले भूकम्पबाट प्रभावित संरचना पुनःनिर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी दोस्रो संशोधन कार्यविधि, २०७४ स्वीकृत गरेको छ । साथै राष्ट्रिय जनता पार्टीले राखेका मागको बारेमा समेत छलफल भइरहेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।