१५ चैत्र २०८०, बिहीबार
Follow Us

कतारका विदेशमन्त्री चीन भ्रमणमा

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७४, शुक्रबार ०६:०३

बेइजिङ । कतारका विदेशमन्त्री बेइजिङ भ्रमणमा पुग्नु भएको छ । उहाँका चिनियाँ समकक्षीले एक दिन अगाडि मात्र युनाइटेड अरब इमिरेट्सका वरिष्ठ सरकारी अधिकारी चीन भ्रमणमा आउनु भएको र गल्फ राष्ट्रबीच बढेको मनमुटाब सुधार हुनसक्ने आशा गरिएको बताउनुभएको थियो ।
उहाँका चिनियाँ समकक्षीका अनुसार हिजो बिहीबार उहाँहरूबीच द्विपक्षीय भेटवार्ता हुने तय भएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार कतारका विदेश मन्त्री सेख मोहमद बिन अब्दुलरहमान अल थानीले चिनियाँ विदेश मन्त्रीलाई बिहीबार बेइजिङमा भेटी हालै कतारलाई अरू छिमेकी राष्ट्रहरूले लगाएको नाकाबन्दीका बारेमा कुराकानी गर्नुहुनेछ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङका अनुसार चीनले आतङ्कवादविरुद्धको लडार्इँ र गल्फ राष्ट्रको एकताका लागि सधैँ सहयोग गर्नेछ ।
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले करिब एक महिना अगाडिबाट हवाई समुद्रि र स्थलमार्गबाट कतारलाई नाकाबन्दी लागाउँदै आएको छ ।
कतारले मुस्लिम अतिवादीहरूलाई आश्रय र प्रश्रय दिएको आरोप ती देशको छ । तर कतारले भने यसको ठाडै अस्वीकार गर्दै आएको छ । उसले यो सबै कतारलाई उसको विकासबाट अत्तालिएकाहरूले देशलाई नै तहसनहस बनाउने उद्देश्यले गरिएको षड्यन्त्रको रूपमा आफ्नो तर्क राख्दै आएको थियो ।