१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अमेरिका निलम्बन गर्ने तयारी

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७४, शुक्रबार ०८:२८

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन सम्बन्धी विवादले उग्र रुप लिए पछि गैरआवासीय नेपाली संघले त्यहाँस्थित राष्ट्रिय समितिलाई खारेज गर्ने तयारी गरेको छ ।

अगामी ११ अगष्टमा हुने निर्वाचनका लागि गठित निर्वाचन समिति र अध्यक्ष केशव पौडेलको नेतृत्वमा रहेको कार्यसमितिको लार्पवाहीका कारणले निर्वाचन प्रकृया अतिवादी सोचका साथ अगाडी बढे पछि आइसीसीले दुवै समितिलाई असक्षम ठहर गर्दै राष्ट्रिय समितिको सम्वन्धन खारेज गर्ने तयारी गरेको हो ।

निर्वाचन समितिले विहीवार साँझ अध्यक्ष पदका प्रत्यासी गौरी जोशीको नाम उम्मेदवारी लिस्ट हटाइएपछि विवादले चर्को रुप लिएको हो । निर्वाचन समितिले जोशीको नाम प्रराम्भिक लिस्टबाटै हाटएको हो । उनको नाम उम्मेदवारी लिस्ट किन हटाईको हो भन्ने निर्वाचन समितिले प्रष्ट पारेको छैन् ।

जोशीको नाम हटाइएको विषयलाई आईसीसीले गम्भीर रुपमा लिएको महासचिव डा. बद्री केसीले बताए । उनले भने, उम्मेदवार बन्ने व्यक्तिको नैसर्गिक अधिकार हनन भएको छ, सम्पूर्ण एनआरएनका लागि यो लाजमर्दो विषय हो ।

महासचिव केसीले भने, यो गलत काम हो, निर्देशन दिँदा दिँदै जोशीको नाम अध्यक्षका प्रत्यासीबाट किन हटाइयो, यसलाई आईसीसीले गम्भीररुपमा लिएको छ ।’

‘उहाँले एनआरएन अमेरिकाको एनसिसीमा काम गरेको र नगरेको भन्ने विषयमा विवाद थियो त्यसबारेमा यसअघि आइसीसीले प्रष्ट पारिसकेको छ’ केसीले भने ।

उनले भने ‘यो कदम नसच्चाए आउँदो अक्टुबरमा हुने विश्व सम्मेलनमा सहभागी हुन अमेरिका एनसीसीलाई बन्चित गराउने निर्णय गर्न आईसीसी बाध्य हुने छ’ । उनले ‘सबै एनसीसीलाई सँस्थाको विधीविधान र निर्देशन भित्र रहेर काम गर्न आग्रह गरे’ ।

अध्यक्षका प्रत्यासी जोशीको नाम किन हटाइयो भन्ने विषयमा अगामी हप्ता जर्मनीको फ्रयाँङफडमा हुने आइसीसी बैठकले बिषेश निर्णय गर्ने जानकारी उनले दिए ।

जोशीलाई अमेरिका एनसीसीमा जित्ने उम्मेदवारको रुपमा हेरिएको थियो । जोशी जित्ने उम्मेदवार भएकाले निर्वाचन आयोगले कानुनी छिद्रा खोजेर उनको उम्मेदवारी रद्द गरेको बताइएको छ ।

यसअघि देखीनै जोशीलाई उम्मेदवार बन्नबाट रोक्न अध्यक्ष पौडेल र क्षेत्रिय संयोजक सोनाम लामाको समूह सकृय रुपमा लागेको थियो ।

कथित निर्वाचन समितिको निर्णयकै आधारमा एनआरएनलाई उम्मेदवार बन्नबाट बन्चित गरिए अन्य राष्ट्रिय समितिमा समेत त्यसको प्रभाव पर्ने भन्दै निर्वाचन समितिको निर्णयलाई आइसीसीले रद्ध गर्ने तयारी गरिएको वताएको छ ।

म माथि अन्याय भयो — जोशी
gauri
गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी पेस गरेका गौरी जोशीले आफ्नो नाम पहिलो सूचीबाटै हटाए पछि आफु माथि अन्याय भएको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो नाम किन परेन भन्ने विषयमा निर्वाचन समितिले कुनै पनि जानकारी नदिएको बताएका छन् ।

मैले सबै प्रकृया पुरा गरेर उम्मेदवारी पेस गरेको थिएँ, मेरो निवेदन पछि निर्वाचन समितिले कुनै पनि कागजातपनि मागेको थिएन जोशीले भने विना सूचना मलाई सुचीमा राखिएन ।

६ महिना अघि देखि अनौपचारिक रूपमा एनआरएन अमेरिकाको नेतृत्वका लागि अगाडी बढेका जोशीले विना कारण आफ्नो नाम हटाइनुमा अन्याय भएको धारणा बिहीबार अमेरिकास्थित एक अनलाइनलाई प्रतिक्रिया दिएका छन ।

हिजो देखि हल्लाहरु आएका थिए, मैले प्रकृया अनुसार निकै उम्मेदवारी मनोनयन गरेकाले ढुक्क थिएँ जोशीले भने ।

एनआरएन अमेरिकाको न्यायिक समितिमा यस बारेमा निवेदन परिसकेको छ जोशीले भने मलाई आशा छ मलाई अन्याय हुदैंन र एनआरएन अमेरिका प्रजातान्त्रिक विधि अनुसार अघि बढ्छ ।

एनआरएन अमेरिकालाई अझ बृहत् बनाउन मैले योगदान गरेको छु गौरीले भने अमेरिका बस्ने नेपाली समुदायको चाहना मैले बुझ्ने मौका पाएँ म सधैँ समुदाय हित प्रति प्रतिबद्ध छु ।

निर्वाचन नेतृत्व छान्ने सबैभन्दा प्रजातान्त्रिक प्रकृया हो तर, कसैलाई उम्मेदवारी बन्न निषेध गर्दा यसले संस्थाको प्रतिष्ठा माथि कुठराधात हुन्छ जोशीले भने यो मेरो लागि मात्र होइन सबैमा यही लागुहुन्छ ।

साथीहरूको सल्लाह अनुसार आफू अघि बढ्ने उनले बताए । एनआरएन अमेरिका विश्वमै सबैभन्दा बढी सदस्य भएको मध्येमा पर्छ । यहाँको विवादले समग्र एनआरएन अभियानलाई समेत असर पर्न सक्ने जोशीले बताए ।

निर्वाचन समितिको निर्णय गलत — डा. शर्मा, विधान समिति संयोजक, एनआरएनए

एनआरएन अमेरिकाको निर्वाचन समितिको निर्णयले उठाएका प्रश्नहरु:
एनआरएन अमेरिकाको निर्वाचन समितिले एकजना अध्यक्षका प्रत्याशीको उम्मेदवारी रद्द गरेछ। आशा छ निर्वाचन समितिले उम्मेदवारी रद्द गर्नु पर्ने कारण छिटै बाहिर ल्याउने छ र उम्मेदवारले स्पष्टीकरण दिने मौका पाउने छन। म अमेरिका बाहिर बस्ने भएकोले निर्वाचन समितिमा को व्यक्ती छन, उम्मेदवार को को छन भन्ने सरोकार राख्दिन, व्यक्तीगत रुपमा मेरो धेरैसँग चिनजान पनि छैन तर एनआरएनको शुभचित्तकको हैसियतले यी प्रश्नहरुको जवाफ जान्न चाहान्छु। जवाफ आएन भने यी प्रश्नले अमेरिकामा बस्ने सबै गैरआवासीय नेपालीहरुलाई सधै जिस्काई रहनेछन।
१) उम्मेदवारी रद्द एनआरएन अमेरिकाको विधान वा एनआरएन आईसिसिको विधानको कुन धारामा टेकेर गरिएको हो?
२) आईसिसिको विधानको आधारमा रद्द गरिएको हो भने आईसिसिको विधानको व्याख्या निर्वाचन समिति आफैले गर्यौ वा आईसिसिको विधान समितिले वा कुनै अमुक व्यक्तीले?
३) एनसिसिको विधानमा टेकेर रद्द गरिएको हो र यदि यो स्थानीय कानून संवत छैन र यस बारे अदालतमा मुद्दा पर्यौ, एनआरएन अमेरिकाको अभियानमा फेरी अवरुद्द भयो भने निर्वाचन समिति जवाफदेही हुनु पर्छ वा पर्दैन?
४) यदी निर्वाचन समितिको निर्णयको पछाडी बदनियता प्रमाणिय भयो, निर्वाचित हुने समितिलाई आईसिसिले मान्यता नदिने स्थिति आयो र अमेरिकाले विश्व सम्मेलनमा प्रतिनिधी पठाउन नपाउने स्थिती आयो भने यसको जिम्मेवारी कसले लिन्छ?
५) बिबादका बिच निर्वाचन गर्ने हो भने तपाईका देशबाट आईसिसिका उम्मेदवार बन्नेहरुको भविष्य के होला? आफ्नो घरको झगडा मिलाउन नसक्नेले बाँकि ७५ देशका प्रतिनिधीको अगाडी उभिएर मत माग्ने नैतिक आधार रहन्छ वा रहदैन?
६) उम्मेदवारी रद्द हुने कारण नखुलाउदा निर्वाचन समितिलाई माथीबाट ठाडो निर्देशन आयो वा तलबाट कुनै पक्ष वा विपक्षले दबाब दियो भन्ने ठाउँ रहन्छ वा रहदैन?
७) निर्वाचन समिति एनआरएन अमेरिकाका १०औ हजार सदस्य र अमेरिका बस्ने लाखौ नेपाली प्रती उत्तरदायी बन्नु पर्छ पर्दैन?
८) तपाईहरु संसारमा बस्ने सबै नेपाली भन्दा बुद्दीजिवी हुनु हुन्छ, कानूनी राज्यमा बस्नु हुन्छ, कानूनी राज्यको वकालत गर्नु हुन्छ तर नेपालको दुरदराजको स्तरको पारदर्शिता पनि अमेरिकामा प्रयोग गर्न सक्नु हुन्न भने देउवा, ओली, प्रचण्डले यस्तो गर्यौ उस्तो गर्यौ भनेर प्रश्न उठाउने नैतिक अधिकार बाँकि रहन्छ कि रहन्न? यसले समस्त गैरआवसीय नेपालीको साँख गिराउछ कि गिराउदैन?

(गैरआवासीय नेपाली संघको विधान समितिका संयोजक डा. हेमराज शर्माको फेसबुकबाट साभार)