६ चैत्र २०८०, मंगलवार
Follow Us

नेपालसँग सिंगापुर २२ रनले पराजित

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७४, शुक्रबार १०:४०

काठमाडौं । आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोटमा नेपालले तेस्रो जित हासिल गरेको छ । शुक्रबार नेपालले आयोजक सिंगापुरसँगको दोस्रो खेलमा २२ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए भने सन्दीप सुनारले २६ र प्रकाश केसीले २३ रन बनाए । सिंगापुरका विक्रमवीर विश्वरायले ३, सुनिल आर्यमन र आहन गोपिनाथले २-२ विकेट लिए ।
१६९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ४६.५ ओभरमा अलआउट भयो । सिंगापुरका लागि रोहन रांगार्जनले २३, सिन अग्रवालले २१, सिद्धान्तले २५, युवराज सिंहले १९, हान्सुल दिपले ३२ रन बनाउनुबाहेक अरुले दोहोरो अंक बनाउन सकेनन् ।
नेपालका कप्तान सन्दीप लामिछानेले ४, किशोर महत, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले समान २/२ विकेट लिए । ‘डबल राउन रोबिन लिग’मा भएको प्रतियोगितामा नेपालले यसअघि सिंगापुरलाई ४ विकेटले हराएको थियो । अर्को खेलमा मलेसियालाई ५ विकेटले हराएको नेपाल बिहीबार भएको खेलमा भने अफगानिस्तानसँग १४१ रनले पराजित भएको थियो । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले न्यूजिल्यान्डमा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ ।